शारदा नगरपालिकाद्वारा ३७ जना प्राथमिक तहका स्थायी शिक्षकहरुलाई स्वागत

२४ चैत, सल्यान

सल्यानको शारदा नगरपालिकाले स्थायी नियुक्ति भएका प्राथमिक तहका ३७ जना शिक्षकहरुलाई स्वागत गरेको छ ।
१९ जना महिला र १८ जना पुरुष शिक्षक सहित जम्मा ३७ जना शिक्षकहरुलाई आज एक कार्यक्रमका विच नगर प्रमुख प्रकाश भण्डारीले पदास्थापना पत्र तथा शुभकामना डायरी हस्तान्तरण गरेर स्वागत गर्नुभएको हो ।
उहाँले नवनियुक्त शिक्षकहरुलाई बधाई दिदै कार्यकाल सफलताको शुभकामना दिदै, शिक्षा क्षेत्रको सुधार तथा उन्नयनका लागि कर्तव्य निष्ट र इमान्दारिताका साथ नगरपालिकाको सकारात्मक रुपान्तरणका लागि लाग्न उहाँले निर्देशन दिनुभयो ।
नगर प्रमुख प्रकाश भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा उप प्रमुख सुस्मिता सापकोटा, प्रमुख प्रशासकीय अधिकृत लिलाधर बबालले स्वागत तथा शुभकामना मन्तव्य राख्नु भएको थियो । कार्यक्रममा ७ नम्बर वडा अध्यक्ष लिलाबहादुर रोका, १३ नम्बर वडा अध्यक्ष जंग बहादुर बुढा र कार्यपालिका सदस्य प्राण कुमार राईको समेत उपस्थिती रहेको थियो भने कार्यक्रमको संचालन शिक्षा शाखा प्रमुख संगीता बुढाले गर्नुभएको थियो ।

 

प्रतिक्रिया दिनुहोस