शुक्रबारदेखि रिलिजमा आएको चलचित्र ‘छ माया छपक्कै’ले २ दिनमा बम्पर कमाई गरेको छ । निर्माता रोहित अधिकारीका अनुसार, चलचित्रले केही रेकर्डहरु समेत ब्रेक गरेको छ । चलचित्रले दुई दिनमा ३ करोड माथिको कलेक्शन गरेको निर्माता अधिकारीको भनाई छ । काठमाण्डौ बाहिर पनि चलचित्रको व्यापार आक्रामक छ ।
देशभर संचालनमा आएका नयाँ मल्टिप्लेक्समा समेत चलचित्रको व्यापार आक्रामक देखिएको छ । दिपकराज गिरी, केदार घिमिरे, जितु नेपाल, केकी अधिकारी, सुपुष्पा भट्ट लगायतका कलाकारको अभिनय रहेको यो चलचित्रले पानीको समस्यालाई राजनीतिसँग जोडेको छ । यसलाई दिपेन्द्र लामाले निर्देशन गरेका हुन् ।
लामो समयदेखि नेपाली जनताले भोग्दै आएको कथालाई उठान गरेका कारणले पनि यसपटक चलचित्र हेरेर दर्शक सन्तुष्ट देखिएका छन् । यसैले, चलचित्रले लामो समयसम्म कमाई गर्ने अपेक्षा गर्न सकिन्छ ।