लोक दोहरी गायिका निर्मला देवि बस्नेतको तारेमाम गित हिट बन्दै

२१ जेष्ठ २०८२/ सल्यान

पछिल्लो समयमा लोक दोहरी गायिका निर्मला देवि बस्नेतका चर्चित दोहोरी गितहरु सार्वजनिक हुन थालेका छन् ।

बिगत छ बर्ष यता लोकदोहरी क्षेत्रमा निरन्तर लागेकी बस्नेतको
तारेमाम तारेमाम नामक गितले यति बेला बजारमा चर्चा पाइरहेको छ ।

खेम सेन्चुरीको लय,नेत्र अर्यालको शब्द, गायक दिनेश उदाय र गायिका,निर्मला देवि बस्नेतको स्वरमा रहेको काठमाण्डौमा धरहरा,दिल चोरेर भयौ फरार, नामक लोक दोहोरी गित
केही दिन अगाडि मात्र पृथ्वी इन्टरटेनमेन्ट युटुव च्यानलबाट सार्वजनिक भएको हो । उक्त गितको भिडियोमा नायक पल शाह,मोडल नारायणी खत्री लाई समेत देख्न सकिन्छ ।

लोक दोहरी गाएक कृष क्षेत्रीको सिस्ने हिमाल,गाएक खेम सेन्चुरीको
तिम्लाइ पछ्यौरी किन्दिउला नयाँ नयाँ लगाएतका दर्जन बढी चर्चित गितहरुमा आवाज दिएकी गायिका निर्मला देवि बस्नेतले आफुले गाएका गित चल्दा पनि आफू नचलेको दुखेसो व्यक्त गर्नु भएको छ ।

लालीगुराँस डेली मिडियाका संचालक कमल सर्गम संको अन्तर्वार्तामा गायिका बस्नेतले आफुलाई दर्शकले नचिने पनि आफ्ना प्रस्तुति लाई माया गर्देकोमा आफू खुसी भएको बताउँनु भएको छ ।उहाँले आफुलाई यो उचाई सम्म पुर्याउनको लागि पृथ्वी थकालीको महत्त्वपूर्ण भुमिका रहेको समेत बताउनु भयो ।

सल्यानको शारदा नगरपालिका वडा नं.१३ स्यानिखालमा २०५९ सालमा जन्मिएकी लोक दोहरी गायिका बस्नेत संगीतकी बिद्यार्थी समेत भएको उहाँका बुबा गिर्दल बस्नेतले बताउँनु भयो।दियो अनलाइन संग कुरा गर्दै बस्नेतले आफ्नी जेठी छोरी देवि बस्नेत र साइली छोरी निर्मला देवि बस्नेत लोक दोहरी गायिका भएको र छोरीहरुले गाएका गित हेर्दा र सुन्दा आफुहरुलाई खुसी लाग्ने बताउँनु भयो ।

गायिका देवि बस्नेतका जाले जाले रुमाल,घरवारे बन्ने हो लगाएतका दर्जन बढी गितहरु बजारमा सार्वजनिक छ्न ।

प्रतिक्रिया दिनुहोस