२९ चैत २०७९/ सल्यान
यस बर्ष सवै भन्दा बढि ग्रस कमाउने फिलिम कबड्डी ४ बनेको छ ।
चलचित्र विकास बोर्डले वर्ष २०७९ मा प्रदर्शनमा आएका नेपाली र विदेशी फिल्महरुको आधिकारिक कमाइ सार्वजनिक गरे संगै कबड्डी ४ सवै भन्दा बढी कमाउन सफल फिलिम बनेको छ ।
कबड्डी ४ ले २१ करोड ३८ लाख रुपैया कमाएको हो,उक्त फिलिमको ७ लाख ६६ हजार टिकट बिक्री भएको उल्लेख गरिएको छ ।
यस्तै बर्ष २०७९ मा कन्नड फिल्म ‘केजीएफ २’ले १९ करोड २९ लाख रुपैयाँ ग्रस कमाएको, छक्कापञ्जा ४ ले १६ करोड ९४ लाख रुपैयाँ कमाइ गरेको बोर्डले जनाएको छ । यस वर्ष नेपालमा नेपालीसहित १सय ३२ वटा फिल्म रिलिज भएको बोर्डले जनाएको छ ।