शारदा नगरपालिका सल्यानले गर्‍यो बिधालय लाई ल्यापटप बितरण

२३ असार २०७८ / बिमला बस्नेत

सल्यानको शारदा नगरपालिकाले नगर भित्रका २० वटा बिधालय लाई ल्यापटप बितरण गरेको छ ।

 

बैकल्पिक शिक्षाका लागि एक बिध्यालय एक ल्याप्टप कार्यक्रम अन्तर्गत बिध्यालय को शिक्षण सिकाइ प्रक्रियालाई सहज तथा प्रविधी मैत्री बनाउने उधेश्यले उक्त ल्याप्टप बितरण गरिएको शारदा नगरपालिकाका नगरप्रमुख सुरेश अधिकारीले बताएका छन् । नगर प्रमुख अधिकारीले शिक्षा क्षेत्रले समाज परिवर्तनमा महत्त्वपूर्ण भुमिका खेल्ने भएकाले शारदा नगरपालिकाले शिक्षा क्षेत्रमा बढी लगानी गरेको बताएका हुन । उनले पहिलो चरणमा नगरका २० वटा आधारभुत र प्राबी बिधालयलाई ल्यापटप बितरण गरिएको आगामी दिनहरुमा पनि यस्ता खाले कामलाई निरन्तरता दिने बताएका छन् ।
नगरपालिकामा रहेका निमाबि तह सञ्चालन भएका ५ वटा बिद्यालय र प्राथमिक तहका १५ वटा बिधालयलाई ल्याप्टप वितरण गरिएको शारदा नगरपालिका शिक्षा शाखा अधिकृत संगीता बुढाले बताएकी छिन ।शैक्षिक तथ्यांक प्रबिष्ट गर्न र   बैकल्पिक शिक्षा प्रवर्द्धन गर्नको लागी उक्त ल्यापटप बितरण गरिएको अधिकृत बुढाले बताएकी हुन ।
प्रतिक्रिया दिनुहोस