एकीकृत अखिल नेपाल शिक्षक संगठन सल्यानको अध्यक्षमा हिरालाल नेपाली

१८ फागुन २०७९/ सल्यान

एकीकृत अखिल नेपाल शिक्षक संगठन सल्यानको ८ औ जिल्ला अधिवेशन सम्पन्न भएको छ ।

बुधबार सल्यान श्रीनगरमा सम्पन्न भएको संगठनको अधिवेशन बाट जिल्ला अध्यक्षमा हिरालाल नेपाली सर्वसम्मत चयन हुनु भएको छ ।
यस्तै संगठनको उपाध्यक्षमा टिकाराम आचार्य,सचीव रवि किरण वली,कोषाध्यक्ष मान बहादुर खत्री गरि ४ जना पछि थप्ने गरि २७ सदस्यीय जिल्ला समन्वय समिति चयन गरिएको हो ।

संगठनको अध्यक्ष बन्नु भएका नेपालीले आफ्नो कार्यकालमा संगठनलाई सुदृढ गर्नुका साथै समाजवादी शिक्षा,समुन्नत समाज र समृद्ध नेपाल निर्माणको अभियानमा कटिबद्ध भएर लाग्ने बताउनु भएको छ ।

प्रतिक्रिया दिनुहोस