एकीकृत समाजवादी सल्यानका नेता किसानको खेतमा धान दिवस मनाउन

१५ असार २०८२ / सल्यान

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) सल्यानको आयोजनामा राष्ट्रिय धान दिवस मनाइएको छ ।

श्रमजीवी र किसानहरूको साथमा एकाकार हुँदै किसानलाई २२ औं राष्ट्रिय धान दिवसको शुभकामना दिन र पार्टी समग्र किसान वर्गको साथमा रहेको सन्देश छोडनको लागि धान दिवस मनाइएको नेपाल कम्युनिस्ट पार्टी ( एकीकृत समाजवादी ) सल्यानका अध्यक्ष रमेश कुमार गौतमले बताउनु भयो ।

पार्टी अध्यक्ष गौतमले जनता र पार्टीका नेतृत्व बिच सम्बन्ध स्थापित गर्न र उत्साह थप्न धान दिवसको अवसरमा आफुहरु कृषकको खेतमै पुगी धान रोपेर दिवस मनाइएको बताउनु भएको हो । आइतबार सल्यानको शिद्धकुमाख गाउँपालिका र शारदा नगरपालिकाको सिमाक्षेत्र,झारगाउ गतेर्नमा यज्ञ वहादुर रेउले सहितका किसानको खेतमा धान रोपिएको उहाँले बताउनु भयो ।

कार्यक्रममा पार्टी जिल्ला कमिटी अध्यक्ष रमेशकुमार गौतम,सचिव प्रेम डागी,उपसचिव मनविर वस्नेत,जिल्ला कमिटि सदस्य सुुकलाल खड्का,रमेश गिरी, शिद्धकुमाख गाउँपालिका कमिटी अध्यक्ष तारा गिरी,उपाध्यक्ष हुमलाल सुनार शारदा नगर कमिटी उपसचिव वीर वहादुर डागी लगाएतको सहभागीता रहेको थियो।

प्रतिक्रिया दिनुहोस