सल्यानमा जिप दुर्घटना हुँदा ५ यात्रु घाइते

३२ साउन २०८१/ सल्यान

सल्यानमा डबल क्याप जिप दुर्घटना हुँदा ५ जना घाइते भएका छन् ।

जिल्लाको त्रिवेणी गाउँपालिका वडा नं.५ बाहुने मुलमा भएको दुर्घटनामा परि ५ जना यात्रु घाइते भएकाहुन ।

दाङ्ग तुलसीपुरबाट सल्यान त्रिवेणी गाउँपालिका ५सिम्क जाँदै गरेको लु १ ज १३९४ नम्बरको जिप उक्त स्थानमा दुर्घटना भएको
प्रहरीले जनाएको छ ।

दुर्घटनामा परी त्रिवेणी गाउँपालिका ६ पोखरीकी ३३ वर्षीया लालमती बुढाथोकी, वडा न ५ सिम्ककी २७ वर्षया पूर्णिमा पुन, शोही ठाउँका ११ वर्षीय गणेश पुन, दाङ्ग तुलसीपुर उपमहानगरपालिका ३ की २८ वर्षीया तेज कुमारी वली र रुकुम पूर्व सिस्ने गाउँपालिका ३ का ६९ वर्षीया कर्मी कामी रहेको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी रेशम बहादुर खत्रीले जानकारी दिनु भयो ।

जिप अनियन्त्रित भई सडकबाट करिब ५ मिटर तल खसेको र जिप चालक फरार रहेको प्रहरीको भनाई छ ।

प्रतिक्रिया दिनुहोस