९ असार २०८२/ सल्यान
अखिल (क्रान्तिकारी) का कर्णाली प्रदेश उपाध्यक्ष अजय बिष्टले अनाथ तथा टुहुरा बिद्यार्थीलाई शैक्षिक सामाग्री हस्तान्तरण गर्नु भएको छ ।
आफ्नो जन्म दिनको अवसर पारेर बिष्टले त्रिभुवन जनता माध्यमिक विद्यालय, बनगाड कुपिण्डे नगरपालिका वडा नं.५ शंखपिपलमा अध्ययनरत अनाथ तथा टुहुरा बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्नु भएको हो ।
बनगाड क्याम्पस, सल्यानका पूर्व सभापति समेत रहनु भएका बिष्ट ले आफ्नो जन्मदिनमा फजुल खर्च नगरी सामाजिक सेवामा खर्च गर्ने उद्देश्यले विद्यालयका बालबालिकालाई स्टेसनरी सामग्री सहयोग गरेको बताउँनु भयो ।
पुनले त्रिभुवन जनता माविको स्वावलम्बी अक्षकोष खातामा रु. ५५५५ समेत जम्मा गरिदिनु भएको छ ।विद्यालयका सहायक प्रधानाध्यापक प्रसान्त सुनारले यस्तो पुण्य कार्यका लागि विष्टलाई आभार प्रकट गर्दै जन्मदिनलाई सामाजिक सद्भावमा रूपान्तरण गर्नु प्रेरणादायी भएको बताउनु भयो । उहाले फजुल खर्च कटौती गर्दै शिक्षामा टेवा पुर्याउने यो कार्य अत्यन्त सराहनीय भएको बताउनु भयो ।
विद्यालय परिवारले अजय विष्टद्वारा देखाइएको यो सामाजिक उत्तरदायित्वको भावनालाई प्रशंसा गर्दै अन्य युवाहरुलाई पनि यस्तै प्रेरणा लिन आग्रह गर्नु भएको छ ।