२२ जेष्ठ २०८२/ सल्यान
जातीय भेदभाव तथा छुवाछुत उन्मूलन राष्ट्रिय दिवसको अवसरमा
अन्तरजातीय विवाह गर्ने १४ जोडी लाई सम्मान गरिएको छ ।
सल्यानको कपुरकोट गाउँपालिकाले गाउँपालिका भित्रमा दलित र गैर दलित समुदाय बीच विवाह गरेर सामाजिक सद्भाव र समनताको उदाहरण दिने १४ जोडिलाई पुरस्कृत गरिएको हो ।।
सम्मानित समावेशी र अर्थपूर्ण सहभागिता,सवै खाले विभेदका बिरुद्ध कपुरकोट बासीको प्रतिबद्धता भन्ने मुल नारा सहित सुरु भएको,कार्यक्रममा बोल्दै कपुरकोट गाउँपालिकाका अध्यक्ष दुर्गा बहादुर पुनले छुवाछुत अन्त्यका लागि अन्तरजातीय विवाहले सकारात्मक भूमिका खेल्ने बताउनु भयो ।उहाँले अन्तरजातीय विवाह गर्ने युवाहरूले नयाँ सामाजिक चेतना फैलाएको र उक्त अभियानले समाज लाई समुन्नत तिर लैजाने बताउँनु भयो ।
कार्यक्रममा बोल्ने अन्य वक्ताहरूले समाजमा विद्यमान जातीय छुवाछुत जस्ता विभेदकारी अभ्यासको अन्त्य गर्न सबैको प्रयास आवश्यक रहेकोमा जोड दिनुभएको थियो ।
कपुरकोट गाउँपालिकाको आयोजना, आइ.एम.सुइडिस डेभलपमेन्ट र दलित बिकास समाज सल्यानको सहकार्यमा भएको उक्त, कार्यक्रमम अन्तरजातीय विवाह गर्ने १४ जोडीहरूलाई नगद एक- एक हजार रुपैयाँ र खादाले सम्मान गरिएको महिला बालबालिका तथा ज्येष्ठ नागरिक इकाई प्रमुख हिरा वलीले जानकारी दिनुभयो ।
सम्मानित भएका जोडीहरूले यस प्रकारको सम्मान पाउँदा आफुहरुमा आत्मबल बढेको र समाजको दृष्टिकोण परिवर्तन हुँदै गएको महसुस भएको बताउँनु भएको थियो ।