२६ भाद्र २०८०/ सल्यान

त्रिशिद्वेश्वरी राप्ती यातायात सेवा प्रालि दाङका कर्मचारी भुवन केसीको उपचारका लागि आर्थिक रकम संकलन हुन थालेको छ ।

प्रालिका भालुवाङ्ग काउन्टरका कर्मचारी केसीको उपचारका लागि सोमवार एक लाख, पचास हजार रकम संकलन भएको हो ।
मुटुमा जटिल किसिमको समस्या आइ हाल काठमाडौंमा उपचाररत रहेका भुवन केसीको उपचारलाई सहज बनाउनको लागि प्रालिका अध्यक्ष सुरेश हमालको नेतृत्वमा उक्त रकम संकलन गरिएको त्रिशिद्वेश्वरी राप्ती यातायात सेवा प्रालि दाङका प्रवन्धक पुष्कर धितालले बताउनु भयो ।यस्तै प्रालिका अध्यक्ष हमालले मानवीय धर्मले केसीको उपचारको लागि सके जतिको आर्थिक सहयोग गरिदिन सवैमा आग्रह गर्नु भएको छ।

प्रालिका पदाधिकारी,व्यवसायी कर्मचारी लगाएत अन्य व्यक्तिहरु बाट जम्मा भएको रकम बिरामीको उपचारका लागि हस्तान्तरण गर्दै अध्यक्ष हमालले बिरामीको उपचारमा सहजता थप्नको लागि सवैले सके जतिको आर्थिक सहयोग गरेको बताउँनु भयो ।उहाँले कर्मचारी केसीको स्वास्थ्य लाभको कामना गर्दै आफुहरुले केसीको उपचारको लागि अझै पनि सहयोगको लागि पहल गर्ने बताउनु भयो ।

आर्थिक रकम बिरामीका आफन्तलाई हस्तान्तरण कार्यक्रममा प्रालिका पदाधिकारी,व्यवसायी,कर्मचारी पुर्वकर्मचारी लगाएतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस