११ भदौ २०८०/ सल्यान
नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र त्रिवेणी गाउँकमिटीको बिस्तारित वैठक सम्पन्न भएको छ ।
त्रिवेणी गाउँपालिकाको वडा नं.१ काभ्रा रामबजारमा भएको बिस्तारित वैठकमा बोल्दै नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य तथा सल्यान जिल्ला इन्चार्ज नरेश भण्डारीले पार्टी नेता कार्यकर्ता लाई निरास नहुन आग्रह गर्नु भएको छ।उहाँले पार्टीले बिगतका कमिकमजोरी लाई आत्मसात गर्दै यो अभियान बाट सशक्त ढंग बाट अगाडी बड्ने प्रतिवद्वता व्यक्त गर्नु भयो । पुर्व मन्त्री समेत रहेका भण्डारीले जनतासँग माओवादी – विशेष रुपान्तरण अभियानले जनताको स्तरवृद्धि गर्न विभिन्न कार्यक्रम ल्याएको बताउँनु भयो ।पहिलो चरणमा मंसीर १६ गते सम्म संचालनहुने अभियानले माओवादी जनतासंग बिभिन्न कार्यक्रमका साथ फर्किएको सन्देश दिनु भयो ।भण्डारीले भाद्र १६ गते देशभर एकै साथ उद्घाटन हुने अभियानलाई सल्यान जिल्लामा सार्वजनिक क्षेत्रमा श्रमदान गरेर उद्घाटन गरिने बताउनु भएको छ ।उहाँले तीन महिना पछि देश व्यापी रूपमा रुपान्तरण सहितको माओवादी पार्टी बन्ने बताउनु भयो ।
बिस्तारित वैठकमा नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य तथा त्रिवेणी गाउँपालिका इन्चार्ज टीका बुढाथोकी ( झरणा) प्रदेश कमिटी सदस्य रमेश मल्ल ( आशिष ) त्रिवेणी गाउँपालिकाअध्यक्ष राजेन्द्र थापा( आर्के) लगाएतका नेताहरुको सहभागिता रहेको थियो ।
बैठकमा जिल्ला, गाउँपालिका भित्र र वडा कमिटीका विभिन्न नेता कार्यकर्ताको सहभागीता रहेको थियो भने,सहभागीहरुले पार्टीले जनपक्षीय नीति अवलम्बन गरे आफुहरु माओवादी आन्दोलनमा फेरि पनि लाम्बद्व हुने बताएका छन् ।