४ भदौ २०८०/ सल्यान
सल्यानमा फोर्स गाडी दुर्घटना परेको छ ।
जिल्लाको कपुरकोट गाउँपालिका वडा नं.३ आगरखोलामा फोर्स गाडी दुर्घटनामा परेको हो ।
सोमबार रुकुमको नुवाकोट देखि नेपालगन्ज जादै गरेको लु २ ख ५७३१ नम्बरको फोर्स गाडी दुर्घटना हुँदा गाडीमा भएका सवै यात्रु घाइते भएको बुझिएको छ ।गाडी सडक देखि २ सय मिटर तल खसेको र घटना स्थलमा प्रहरी,स्थानीय पुगि उद्वारको कार्य भैरहेको प्रहरीले जनाएको छ ।