नौलो शान्ति सामुदायिक बन उपभोक्ता समिति बागचौर ३ को साधारणसभा सम्पन्न

२ भाद्र २०८०/ सल्यान

नौलो शान्ति सामुदायिक बन उपभोक्ता समुह बागचौर नगरपालिका वडा नं.३ को ११ औं साधारणसभा सम्पन्न भएको छ ।

शनिबार सामुदायिक बनको आफ्नै हल सोतागारमा भएको साधारण सभाले पुष्पा कुमारी डिसीको अध्यक्षतामा ९ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।जस्को उपाध्यक्षमा दुर्गा प्रशाद डाँगी,सचिवमा टीका डिसी र कोषाध्यक्षमा सुशिला भण्डारी ( डिसी) चयन हुनु भएको छ ।यस्तै सदस्यहरुमा भिम बहादुर डिसी,राजकुमारी डिसी,पवित्रा डिसी,निर्मला डिसी र गौरा भण्डारी चयन हुनुभएको हो ।

इलाका बन कार्यालय शिद्वकुमाख र बागचौरका कार्यालय प्रमुख ललितजंग खड्काले सामुदायिक बनको जगेर्ना गरि धेरै लाभलिनुहुन नयाँ कार्यसमितिलाई आग्रह गर्नु भएको थियो ।कार्यक्रमका प्रमुख अतिथि समेत रहनु भएका खड्काले बन ऎन तथा कार्यविधि र कार्ययोजना अनुसारमा काम गरेर सबल नेतृत्वको पहिचान दिन निर्देशन दिनु भएको हो ।कार्यक्रमकि बिशिस्ट अतिथि बागचौर नगर कार्यपालिका सदस्य ढांका कुमारी वली(डिसी)ले बन संरक्षण गरि बाताबरण सन्तुलन राख्नु सवैको दायित्व भएको बताउनु भयो ।उहाँले नौलो शान्ति सामुदायिक बनवाट सम्बन्धित समुदायका उपभोक्ताहरुको आयस्रोत बढाउनको लागि समेत काम गर्नु पर्ने बताउनु भयो । यस्तै उक्त बनका अध्यक्ष उदय डिसीले बनबाट आम्दानी धेरै गर्न सकिने भएकाले नयाँ समितिलाई त्यस तर्फ ध्यान दिन आग्रह गर्नु भयो ।उहाँले आफु उक्त बनको अध्यक्ष हुँदा गरेका काम र बनका निति विधि संगै आयस्रोत लाई कसरी बढाउन सकिन्छ भन्ने बिषयमा सधै सहकार्य गर्ने बताउनु भयो ।

उक्त कार्यक्रममा बागचौर नगरपालिका वडा नं.३ का वडा सदस्य राम बहादुर डि.सि,बुद्ध आधारभुत बिधालय बागचौर २ बाउनिगाउका प्रधानाध्यापक खिमराज डि.सि,जय शान्ती आधारभुत बिधालय थाराचौरका प्रधानाध्यापक वीर बहादुर डि.सि,माध्यमिक बिधालय बनेचौरका शिक्षक चन्द्र बहादुर डि.सि,जनकल्याण नमुना माध्यमिक बिधालय थारमारेका शिक्षक केवल केसि,श्री बिजया अधारभुत बिधालय खालिका शिक्षक मोहन डिसी र बन रक्षक तेजेन्द्र पुन लगाएतका अतिथिहरुले मन्तव्य राख्नु भएको थियो ।

साधारण सभामा समितिका सचीव भद्र बहादुर डिसीले,आर्थिक तथा साङ्गठनिक प्रतिवेदन पेश गर्नु भएको थियो भने,सहभागीहरुले उक्त प्रतिवेदनलाई निर्वादरुपमा पास गर्नु भएको थियो।
माध्यामिक बिधालय बनेचौरका शिक्षक चित्र बहादुर डिसीको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रमको अध्यक्षता,नौलो शान्ति बन उपभोक्ता समिति बागचौर ३ का अध्यक्ष उदय डि.सि रहेको थियो भने कार्यक्रमको संचालन समितिका सचिब भद्र बहादुर डि.सिले गर्नुभएको हो ।

प्रतिक्रिया दिनुहोस