सल्यान बहुमुखी क्याम्पसका प्रमुख विनोद कुमार वली सम्मानित

सल्यान बहुमुखी क्याम्पसका प्रमुख विनोद कुमार वली सम्मानित हुन भएको छ । राजधानीमा आयोजना गरिएको नेपाल पब्लिक क्याम्पस संघको १२ औं महाधिवेशनमा प्राध्यापन र अनुसन्धानका माध्यमबाट सामुदायिक क्याम्पसको विकासमा खेलेको भूमिकाको कदर गर्दै उहाँ सम्मानीत हुनु भएको हो ।
। वलीे अंग्रेजी विषयमा दर्शनाचार्य (एमफिल) उपाधी हासिल गरि प्राध्यापक तथा अनुशन्धान जगतमा पुर्याएको विशिष्ट योगदानको कदर स्वरुप सम्मानीत हुनु भएको हो ।
उहाँले विगतमा क्याम्पसको अंग्रेजी र अनुसन्धान विभाग प्रमुखको समेत जिम्मेवारी सम्हाल्नु भएको थियो ।
एमफिल उर्तीण गरेर अनुसन्धानको माध्यमबाट गुणस्तरीय शिक्षाको विकासमा योगदान गरेकोमा संघले वलीलाई सम्मानपत्र प्रदान गरेको हो । क्याम्पस प्रमुख विनोद कुमार वली सम्मानित भएकोमा सल्यान बहुमुखी क्याम्पस परिवारले खुशी व्यक्त गर्दै बधाई ज्ञापन गरेको छ । उहाँले झण्डै एक दशक देखि सल्यान बहुमुखी क्याम्पसमा अंग्रेजी विषयको अध्यापन गराउदै आउनु भएको छ ।

प्रतिक्रिया दिनुहोस