आफ्नो प्रालिका गाडीमा बिद्यार्थीका कागजात ( डकुमेन्ट ) बोक्दा पैसा नलाग्ने, अध्यक्ष हमाल

६ असोज २०८२/ दाङ 

त्रिशिद्वेश्वरी राप्ती यातायात सेवा प्रा.लि.दाङले बिद्यार्थीका कागजात ( डकुमेन्ट ) को शुल्क नलाग्ने निर्णय गरेको छ ।

नेपाल विद्यार्थी संघ दाङले २०८२ भदौ २ गते प्रालि द्वारा संचालित गाडीहरुमा बिद्यार्थीका कागजात ( डकुमेन्ट ) पठाउदा लाग्ने पैसा नलिनको लागि व्यवस्थापन गर्न अनुरोध गरे संगै प्रालिको मिति २०८२ भाद्र ५ गते बसेको संचालक समितिको वैठकले त्रिशिद्वेश्वरी राप्ती यातायात सेवा प्रालि दाङ द्वारा संचालित कुनै पनि गाडीले बिद्यार्थीका कागजात ( डकुमेन्ट ) पठाउदा लाग्ने शुल्क लिन नपाउने निर्णय गरेको हो ।

प्रालिका प्रवन्धक पुष्कर धिताल द्वारा हस्ताक्षर गरिएको जानकारी पत्रमा संचालक समितीको निर्णय विपरीत कुनै पनि गाडीले शुल्क लिएको पाइएमा र गाडी स्टापले निशुल्क बिद्यार्थीका कागजात सम्बन्धित ठाउँमा लिन नमानेमा प्रालिका कल्याणकारी सह संयोजक
हरि प्रशाद भट्ट ( राजु) लाई ९८५७८३१६२९ र दाङ काठमाण्डौ रुट संयोजक शेवक राम डिसी लाई ९८५७८३४२४७ मा सम्पर्क गर्न बिद्यार्थीहरुलाई अनुरोध गरिएको छ ।

यस्तै प्रालिका अध्यक्ष सुरेश हमालले बिद्यार्थीले पठाउने सानो कागजात( डकुमेन्ट ) को पैसा गाडी स्टापहरुले धेरै लिने गुनासो आइरहेको र नेपाल बिद्यार्थी संघ दाङले,उक्त कार्यलाई निशुल्क गर्दिनको लागी ध्यानाकर्षण गराए संगै आफुहरुले डकुमेन्टको पैसा नलिने निर्णय पारित गरेको बताउँनु भयो ।उहाँले बिद्यार्थी जिवनमा आर्थिक समस्या धेरै पर्ने भएको र थोरै भएपनि सहजता होस भनेर आफुहरुले उक्त निर्णय गरेको बताउनु भयो । अध्यक्ष हमालले बिद्यार्थी लाई पढाइको सिलसिलामा कोठा लिएर बस्नु पर्ने बाध्यता
र मासिक रुपमा कोठा भाडा तिर्नु पर्ने जिम्मेवारीलाई थोरै भएपनी सहजता थप्नको लागि उक्त कार्यले टेवा पुग्ने बताउनु भयो ।उहाँले
शैक्षिक सामाग्री ( डकुमेन्ट ) पठाउदा गाडी स्टाप र बिद्यार्थी बिच नम्रतापुर्ण व्यबहार कायम गर्न आफुहरु अझै लागि पर्ने बताउँनु भयो ।
२०४१ सालमा राप्ती अञ्चल सार्वजनिक यातायात व्यवसायी समितीको नाम बाट स्थापना भएको हालको परिमार्जित त्रिशिद्वेश्वरी राप्ती यातायात सेवा प्रालि दाङ बाट करिव ७ सय गाडी संचालनमा छन् ।प्रालि द्वारा नेपालका ५५ जिल्ला र भारतका विभिन्न स्थानमा लामो तथा छोटो दुरीका गाडीहरु संचालनमा छन ।

प्रतिक्रिया दिनुहोस