२५ फागुन २०७९/ सल्यान
सल्यानमा बसको ठक्कर बाट एक जनाको मृत्यु भएको छ ।
जिल्लाको त्रिवेणी गाउँपालिका वडा नं.६ शंखमुलमा बसले मोटरसाइकल लाई ठक्कर दिदा छत्रेश्वरी गाउँपालिका वडा नं.३ पालेखोलाका १९ बर्षिय अजय वलीको मृत्यु भएको हो ।
बिहीवार करिब साढे ४ बजे सल्यान श्रीनगर बाट काभ्रा तिर जादै गरेको लु १ ख १२२२ नम्बरको बसले बिपरित दिशाबाट आउदै गरेको रा ५ प ३०४८ नम्बरको मोटरसाइकल लाई ठक्कर दिदा मोटरसाइकल चालक वली घाइते भएको र उपचारको लागी जिल्ला अस्पताल खलंगा पुर्याउदा अस्पतालले वलीलाई मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।
घटना पछि बस चालक होमसिंह बुढाथोकीलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको प्रहरीको भनाइ छ ।