०७फाल्गुन २०७९/सल्यान
सल्यानको बागचौर नगरपालिका १०पिपलनेटा बाङगेखर्कमा एक महिला आफ्नै घरमा मृत फेला परेकी छिन ।
नगरको वडा नं. १० बाङगेखर्क निवासी ३३ बर्षीय टिका खड्का आइतबार बिहान करिव १:५० बजेको समयमा आफ्नै घरमा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।
खड्का घरको भान्सा कोठामा मृत भेटिएको जिल्ला प्रहरी कार्याल सल्यानले जनाएको छ ।घटनाको प्रारम्भिक जानकारी अनुसार लास घटना स्थलमा रहेको र मृतक महिला पेट दुख्ने बिरामी रहेको भन्ने बुझिएको प्रहरीले जनाएको छ ,साथमा ३ बर्षको छोरापनि रहेको बुझिएको छ ।मृतकका माईति पक्षले भने ३३ बर्षिया खड्काको हत्या भएको आरोप लगाएका छन् । घटना स्थलको प्रारारम्भिक कार्य पुरा गरी पोस्टमार्टमको लागी जिल्ला अस्पताल सल्यान तर्फ उनको लासलाई पठाएको इलाका प्रहरी कार्यालय थारमारेका प्रमुख,कनक बहादुर शाहिले जानकारी दिनु भएको छ ।