बालविवाह न्युनिकरणको लागी बिवाहा गर्नु पुर्व वडा बाट सिफारिस लिनु पर्ने

०३ फागुन २०७९/सल्यान

सल्यानको एक पालिकामा बिवाहा गर्नको लागी वडा बाट सिफारिस लिनु पर्ने निर्णय भएको छ ।

जिल्लाको कपुरकोट गाउँपालिकाले बालविवाह न्यूनीकरण गर्नको लागी बिवाहा गर्नु अघि वडा बाट अनिवार्य सिफारिस लिनु पर्ने निर्णय पारित गरेको हो ।

केहि दिन अगाडि मात्र सम्पन्न भएको कपुरकोट गाउँपालिकाको १२ औ हिउदे गाउँ सभा बाट उक्त निर्णय पारित गरिएको कपुरकोट गाउँपालिका सल्यानले जनाएको छ ।

गाउँपालिकाभित्र बढ्दै गएको बालविवाह न्यूनीकरण गर्न पालिकाका छ वटै वडा कार्यालयमार्फत विवाह अगाडि अनिवार्य सिफारिसको व्यवस्था गरिएको गाउँपालिका अध्यक्ष दुर्गा बहादुर पुनले बताउनु भएको छ । गाउँपालिका अध्यक्ष पुनले पछिल्लो समय गाउँपालिकाले बालविवाह नियन्त्रण गर्न अनेकौं प्रयास गरे पनि न्यूनीकरण सम्भव नभएपछि विवाह गर्नुपूर्व वडाबाट सिफारिस लिनुपर्ने व्यवस्था गरिएको बताउनुभयो । यो व्यवस्था गाउँसभाबाट पारित भइसकेको र अबको केही दिनमा नै कार्यान्वयनमा आउने उहाँको भनाइ छ ।

गाउँपालिकाले गरेको निर्णय लाई ब्यवास्ता गरेर बालविवाह गरेको थाहा पाएमा कानुनी कारवाही हुनुका साथै ’ विवाहको निमन्त्रणा कार्डमा पनि दुलाहादुलहीको उमेर अनिवार्य खुलाउनुपर्ने व्यवस्था गरिएको अध्यक्ष पुनले बताउनु भएको छ ।

प्रतिक्रिया दिनुहोस