भगवती पुनको उपचारका लागी आर्थिक सहयोगको अपिल

१७ माघ २०७९/सल्यान

सल्यानको एक परिवारले बिरामीको उपचार गर्न आर्थिक सहयोगको अपिल गरेको छ ।

जिल्लाको बागचौर नगरपालिका वडा नं.११ बाफुखोला भित्रबनकी भगवती पुनको उपचारको लागी उनको परिवारले सवैमा आर्थिक सहयोगको लागी अपिल गरेको हो ।

२३ वर्षिया भगवती पुनको दुबै मिर्गौला फेल भएर
भक्तपुरस्थित सहिद धर्मभक्त राष्ट्रिय मृगौला प्रत्यारोपण केन्द्रमा उपचार हुँदै गरेको र थप उपचारका लागी आर्थिक अभाव भएकाले आर्थिक सहयोगको लागी सवैमा अपिल गर्नु परेको पुनका श्रीमान मोहनलाल ओलीले बताउनु भएको छ ।उहाले आफु पनि मुटुको विरामी भएको र केहि समय पहिलेनै मुटुको शल्यक्रिया भएको तर पुर्ण रुपले संचो हुन नपाउदै परिवारमा अर्को समस्या आएको बताउनु भएको हो ।


भगवतीको उपचारका लागी सहयोग गर्न बागचौर नगरपालिकाको ११ नम्बर वडा कार्यालयले समेत सिफारिस गरेको छ।
सहयोगीदाताहरूले बिरामी भगवती पुनको Nic Asia bank को खाता न. 0395751396568001 र श्रीमान मोहन लाल ओलीको Nic Asia को खाता न. 0395752387579001 मा रकम जम्मा गर्न सक्नेछन ।
सहयोगको लागी 9864363656 र 9810913179 मा फोन गरेर सहयोग गर्न सकिने परिवारले बताएको छ ।

प्रतिक्रिया दिनुहोस