४ बैषाख
सल्यानमा आसन्न स्थानिय तह निर्वाचनमा गठबन्धन नहुने भएको छ। शनिबार देखि जारी बैठकमा पालिकाको भागबन्डामा सहमती नभएपछि गठबन्धन नहुने भएको हो ।सत्तारूढ गठवन्धन भित्रका दलहरूकाे सम्पन्न बैठ्कले उक्त निर्णय सार्वजनिक गरेको छ ।
बैषाख ३० गते हुने स्थानीय तहको निर्वाचनको लागि पालिका तथा वडा वाडफाड सम्वन्धि गठबन्धन दलहरुको कुरो नमिल्दा उक्त निर्णय भएको नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र जिल्ला समन्वय समिती सल्यानका संयोजक कृति बहादुर पुन ( प्रकाण्ड) ले जानकारी दिएका छन् ।
पुनले पार्टीको केन्द्र र प्रदेशको निर्णय अनुसार गठबन्धनको अस्तित्व जोगाउन आफुहरुले छलफल समेत चलाउने बताएका छन् ।
माओवादी केन्द्रका कारण गठबन्धन टुटेको बताइएको छ।
गठबन्धन टुटेपछी दलहरु आन्तरिक छ्लफलमा जुट्न सुरु गरेका छ्न।