सहिद तथा बेपत्ता परिवारलाई सम्मानका साथ रेडियो र सोलार सिस्टम बितरण

३० चैत २०७८

सल्यानको बागचौर नगरपालिकाले सहिद तथा वेपत्ता परिवारलाई सम्मानका साथ  रेडियो र सोलार बितरण गरेको छ ।

बुधबार भएको कार्यक्रममा बोल्दै बागचौर नगरपालिकाका नगरप्रमुख लोकमान बुढाथोकीले सहिद तथा वेपत्ता योद्धाहरुले आफुहरुलाई गहन जिम्मेवारी छोडेको बताएका छन् ।देशमा संघियता ल्याउनको लागि युद्धको क्रममा दुवै पक्ष बाट सहिद तथा घाइते बनेका व्यक्तिहरुको लागि सम्मान गर्दै र उनिहरुको अवस्था सार्वजनिक गर्नु पर्ने आजको प्रमुख आवश्यकता भएको बताएका छन् ।
सहिद तथा वेपत्ता सम्मान कार्यक्रमका प्रमुख अतिथि समेत रहेका बुढाथोकीले राज्यले सहिद तथा वेपत्ता परिवारलाई न्याय दिलाउनको लागी दृर्घकालिन कार्यक्रम ल्याउन आवश्यक रहेको बताएका छन् ।उनले बागचौर नगरपालिकाले नगर भित्रका सहिद तथा वेपत्ता परिवारको लागि प्रत्येक बर्ष विभिन्न कार्यक्रम गर्दै आएको तर कोभिड १९ ले गर्दा उनिहरुको जिवनमा परिवर्तन ल्याउने खालका आयमुलक कार्यक्रम लागू गर्न नसकेको बताएका हुन ।बुढाथोकीले बागचौर नगरपालिकाले सहिद तथा वेपत्ता परिवारको लागि भ्रमण लगाएत अन्य दर्जनौं काम गरेको बताउदै चालू आर्थिक बर्षमै उन्नत जातका बाख्रा बितरण गर्ने समेत बताए ।


कार्यक्रममा बोल्दै बागचौर नगरपालिकाकी उपप्रमुख कल्पना पुनले आफुहरु बागचौर नगरपालिकामा निर्वाचित भैसके पछि बर्सेनि रुपमा सहिद तथा वेपत्ता परिवारको लागि विभिन्न खाले कार्यक्रम संचालन गर्दै आएको बताइन।उनिले देश परिवर्तनको लागि सहिद तथा वेपत्ता परिवारको त्याग तपस्या लाई कसैले पनि भुल्ल नहुने भन्दै आफुहरु जस्तो सुकै परिस्थितिमा पनि साथ सहयोग गर्न तत्पर रहेको बताइन् ।

उक्त कार्यक्रममा बागचौर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामबहादुर हमाल,जिन्सी शाखा प्रमुख लाल बहादुर डिसी,सहिद परिवारको तर्फबाट कविराम बस्नेत ( कास्मीर ) तुफान वली लगाएतको सहभागिता रहेको थियो ।

बागचौर नगरपालिकाको चालू आर्थिक बर्ष २०७८/०७९ को बजेट बाट बागचौर नगरपालीका भित्रका ४६ घर सहिद तथा वेपत्ता परिवारलाई एक सेट रेडियो,एक सेट सोलार सिस्टम बितरण गरिएको हो भने कार्यक्रमको संचालन बागचौर नगरपालिका शिक्षा,युवा तथा खेलकुद शाखाका कर्मचारी रविकिरण ओलीले गरेका हुन ।

प्रतिक्रिया दिनुहोस