बागचौर नगरप्रमुख बुढाथोकी द्वारा आफू चढ्दै आएको गाडी नगरपालिका लाई फिर्ता

३० चैत २०७८

सल्यानको बागचौर नगरपालिकाका नगरप्रमुख लोकमान बुढाथोकीले आफू चढ्दै आएको गाडी नगरपालिका लाई फिर्ता गरेका छन् ।       

२०७४ सालको स्थानीय तहको निर्वाचन बाट बागचौर नगरपालिकाको नगरप्रमुख बनेका बुढाथोकीले आफ्नो पाँच बर्षिय कार्यकाल सकिनै लाग्दा आफु चढ्दै आएको बा २ झ ४५३५ नम्बरको स्कारपियो गाडी नगरपालिकालाई फिर्ता गरेका हुन।

बुधबार उक्त गाडी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राम बहादुर हमाललाई हस्तान्तरण गरेका बुढाथोकीले,आफू निर्वाचन भए यता नगरपालिका बाट सुबिधाको रुपमा प्रयोग गर्दै आएको गाडी स्थानीय सरकारलाई फिर्ता गरेको बताए । दियो अनलाइन संग कुरा गर्दै नगर प्रमुख बुढाथोकीले आफू नगर प्रमुख हुनु पुर्व चुनावमा गरेका प्रतिबद्धता अनुरुप सरकारले नगर प्रमुख लाई दिदै आएको भत्ता बापतको रकम समेत आफुले नलगेर जनताको काममा लगानी गरेको बताएका हुन ।नगरप्रमुख बुढाथोकीले पाँच बर्षिय कार्यकालमा आफुले नगरपालिका बाट पाँउने रकम विभिन्न सामाजिक कार्य लगाएत बागचौर नगरपालिकाले संचालनमा ल्याएको कोभिड अस्पतालमा जम्मा गरेको र बाँकी केही रकम अन्य सामाजिक तथा जनपक्षीय काममा लगानी गर्ने बताए ।उनले अब आउने जनप्रतिनिधिलाई समेत निशुल्क रुपमा जनताको काममा खटिन आग्रह गरेका छन् ।

राजनीति लाई पेशाको रुपमा नभई,सेवाको रुपमा स्थापित गर्नु पर्ने भन्दै बुढाथोकीले बागचौर नगरपालिकाका जनताको मनोभावना लाई बुझेर काम गर्ने जनप्रतिनिधिको आवश्यकता आगामी कार्यकालमा समेत हुने बताएका हुन ।

स्थानीय सरकार बाट सेवाको रुपमा प्रयोग गर्दै आएको गाडी फिर्ता गर्ने उनी जिल्लाकै पहिलो नगरप्रमुख हुन ।

प्रतिक्रिया दिनुहोस