सुर्खेतको बिरेन्द्रनगर नगरपालिकामा चुनावी तालमेलका लागी सहमति 

२८ चैत / हरिभक्त भण्डारी                                              सत्ता साझेदार दलले सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाका १६ वटै वडामा चुनावी तालमेल गर्ने निर्णय गरेको छ ।आगामी बैषाख ३० गते हुने स्थानीय तहको निर्वाचनको लागि प्रदेश राजधानी समेत रहेको बिरेन्द्रनगर नगरपालिकामा सत्ता साझेदार दलले चुनावी तालमेल गर्ने निर्णय गरेका हुन ।

आइतबार नेपाली काँग्रेस बिरेन्द्रनगर नगरपालिकाका नगर सभापति उपेन्द्र खड्काको अध्यक्षतामा बसेको बैठकले पाँच दलको केन्द्र, प्रदेश र जिल्लाको निर्देशन अनुसार स्थानीयस्तरमा गठबन्धनको मर्म तथा भावना अनुसार व्यवहार गर्ने निर्णय गरेको हो । कांग्रेस नगर सभापति खड्काले पार्टीका नगर कमिटीका प्रमुखहरू सम्मिलित संयन्त्र निर्माण गरी नियमित बैठक बस्ने, आवश्यकताका आधारमा अन्य प्रतिनिधिलाई संयन्त्रमा बोलाउने निर्णय गरिएको जानकारी दिएका छन् ।

बैठकमा नेकपा (माओवादी केन्द्र) का नगर अध्यक्ष रत्न गाहा, नेकपा (एकिकृत समाजवादी) का लोकप्रसाद चालिसे, राष्ट्रिय जनमोर्चाका विष्णु शर्मा र जनता समाजवादी पार्टीका फत्तेबहादुर सोती मगर सहभागी थिए ।यस अघि सुर्खेत जिल्लामा सत्ता साझेदार दलहरुले जिल्लाका नौ वटै पालिकामा उम्मेदवारीमा तालमेल गर्ने र पालिकास्तरीय संयन्त्रलाई क्रियाशिल बनाउने लगायतका निर्णय गरेका थिय ।

प्रतिक्रिया दिनुहोस