नेकपा माओवादी केन्द्र दार्मा ५ ले उम्मेदवार टुंगो लगायो

१७ चैत /बिमला बस्नेत

नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र दार्मा ५ ले स्थानीय निर्वाचनको लागि आफ्नो पार्टीको तर्फबाट उम्मेदवारको टुंगो लगाएको छ ।

आगामी बैषाख ३० हुने स्थानीय तहको निर्वाचनको लागी नेकपा माओवादी केन्द्र दार्मा गाउँपालिका वडा नं.५ को बिस्तारित बैठकले वडा अध्यक्ष देखि वडा सदस्य सम्मको लागि उम्मेदवारको टुंगो लगाएको हो ।जस अन्तर्गत वडा अध्यक्षको लागि सुदिप केसी लाई पार्टीले टुंगो लगाएको हो ।त्यस्तै वडा सदस्य सदस्यको लागि निमबहादुर खड्का, जय बहादुर खड्का महिला सदस्य हिरा खड्का, दलित महिला सदस्य जय कलि वि.क लाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।

 

आगामी बैषाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि उम्मेदवारी टुङ्गो लगाउने दार्मा ५ देशकै पहिलो वडा भएको नेकपा माओवादी केन्द्र जिल्ला समन्वय समिति सल्यानका सचीव निम बहादुर केसी( अरुण ) ले जानकारी दिएका छन् । उनले दार्मा गाउँपालिकामा सके सम्म गठबन्धन नहुने यदि भयो भने सहमति गरेर अगाडि बढ्ने बताए ।

यस्तै दार्मा गाउँपालिका वडा नं. २ मा पनि यहि २२ गते बस्ने वडाको विस्तारित बैठकले सहमतिकै आधारमा उम्मेदवारको टुङ्गो लगाउने नेकपा माओवादी केन्द्र दार्माले जनाएको छ । पार्टीका दार्मा गाउँपालिका अध्यक्ष चन्द्रबहादुर रावत ( प्रकाश )का अनुसार दार्मा गाउँपालिकाका सबै वडाको विस्तारित बैठकले वडामा प्रतिनिधित्व गर्ने सबै उम्मेदवारको टुङ्गो लगाउने त्यसैका आधारमा पार्टीको गाउँ कमिटी बैठकले अनुमोदन गर्ने बताए ।उनिले वडामा सहमति न भए वडाबाट बढीमा ३ जनाको नाम गाउँ कमिटीमा पेस गर्ने र गाउँ कमिटीको बैठकले उम्मेदवारको टुङ्गो लगाउने बताएका हुन ।

प्रतिक्रिया दिनुहोस