शिद्व कुमाख गाउँपालिकाको प्रमुख प्रशासकीय भवन उद्घाटन सम्पन्न

१७ चैत /रमिला मैनाली

सल्यानको सिद्ध कुमाख गाउँपालिकाको  प्रमुख प्रशासकिय भवन एक कार्यक्रमका बीच  उद्घाटन गरिएको छ ।      बुधबार भवनको उद्घाटन गर्दै शिद्वकुमाख गाउँपालिका अध्यक्ष चित्र बहादुर चलाउनेले गाउँपालिकाको एउटा दृर्घकालिन बिकासको पुर्वाधार तयार भएको बताएका छन् ।गाउँपालिका बाट जनतालाई दिने सेवा सुबिधा सहज तरिकाले दिने उधेश्यले निर्माण गरिएको उक्त भवन बाटै विभिन्न शाखा बाट उपलब्ध सेवाहरु प्रवाह गरिने उनले बताएका हुन ।कार्यक्रमका प्रमुख अतिथी समेत रहेका चलाउनेले आफू हरु जनप्रतिनिधिको रुपमा निर्वाचित भए यता गाउँपालिका भित्रका सम्पुर्ण जनताका आवश्यकता लाई परिपुर्ति गर्न लागि परेको बताए ।अध्यक्ष चलाउनेले गाउँपालिकाका पाँच वटै वडामा भौतिक पुर्वाधार निर्माणका साथै जनताको चेतना स्तरको वृद्धि गर्न खाले कार्यक्रम संचालनमा ल्याएको बताए ।उनले गाउँपालिका भवन निर्माण गर्नको लागि जग्गा दान गर्ने जग्गा दाताहरूलाई धन्यवाद दिएका हुन ।भवन उद्घाटन कार्यक्रममा बोल्दै गाउँपालिका उपाध्यक्ष पुष्पा कुमारी बोहराले जननिर्वाचित जनप्रतिनिधिहरुले जनताको माग र आवश्यकता अनुसार बिकास निर्माणका काम गर्नु पर्ने भन्दै पाँच बर्षको अवधिमा आफुहरुले जनता संगै हातेमालो गरेर काम गर्दै आएको बताइन् ।कार्यक्रमकी अतिथि समेत रहेकी बोहराले गाउँ पालिकाको समग्र बिकास लाई प्रभावकारी ढंगले अगाडि बढाउनको लागि जनता,जनप्रतिनिधि र कर्मचारीको एक रुपता हुनु पर्ने बताइन्।
यस्तै शिद्व कुमाख गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत मार्शल वलिले गाउँपालिकाको भवन निर्माण पछि जनतालाई सहजता थपिएको बताएका छन् ।उनले स्थानीय तह भै सकेपछि जनताले पाउनु पर्ने सेवा सुबिधा सहज तरिकाले पाउनु एउटा प्रमुख उपलब्धि भएको बताएका हुन ।

कार्यक्रममा वडा नं.१ का वडा अध्यक्ष राम बहादुर बस्नेत, २ नम्बर वडा अध्यक्ष रुद्र बुढाथोकी, ३ नम्बर वडा अध्यक्ष शालिक राम बुढाथोकी, ४नम्बर वडा अध्यक्ष वीर बहादुर खड्का र ५नम्बर वडा अध्यक्ष नन्द लाल बोहराले आफू हरु फरकफरक राजनीति पार्टी बाट आएपनी गाउँपालिकाको कार्यमा जनपक्षीय भएर अगाडि बढ्दै आएको बताए ।उनिहरुले गाउँपालिकाका सम्पुर्ण वडा बस्ती टोलहरुमा समेत समान किसमले बिकास भैरहेको बताएका हुन ।यस्तै भवन उद्घाटन कार्यक्रममा नेपाली काङ्ग्रेस शिद्वकुमाख गाउँभवनपालिका सभापति बिरबहादुर बुढाथोकी,नेपाल कम्युनिस्ट पार्टी एकीकृत ( समाजवादी ) का शिद्व कुमाख गाउँपालिका सह इन्चार्ज मनविर बस्नेत लगाएतकाले शुभकामना मन्तव्य राखेका थिय ।

कार्यक्रममा शिद्वकुमाख गाउँ कार्यपालिका सदस्य तारा गीरी, खुमा सुनुवार, निराजन माध्यमिक बिधालयका प्रधानाध्यापक धर्मराज घर्ती विभिन्न राजनीतिक दलका प्रतिनिधिका साथै स्थानीय जनप्रतिनिधि र सर्वसाधारणको सहभागिता रहेको थियो भने जग्गा दाता,भवन निर्माण कम्पनीका संचालक लाई सम्मान गरिएको थियो ।


शिद्वकुमाख गाउँपालिकाका अध्यक्ष चित्र वहादुर चलाउनेको सभा अध्यक्षता,कर्मचारी कमल चन्दको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रमको संचालन योजना शाखा अधिकृत राजेश बोहराले गरेका थिय ।

प्रतिक्रिया दिनुहोस