शहिद रिङ्गरोडमा गाडी गुड्नुका साथै बागचौरका २ ठाउँमा बिधुत उद्घाटन

७ चैत/ रमिला मैनाली

सल्यानको बागचौरमा निर्माण भएको सहिद रिङ रोडमा पहिलो पटक गाडी उद्घाटन हुँदा स्थानीय बासीहरु खुसी भएका छन् ।

 

शाहीदहरुको सम्झनामा नगरभित्रका १२ वटै वडालाई समेटेर निर्माण गरिएको रिङरोड अन्तर्गत बागचौर नगरपालिका वडा नं.१ कालाखेत बरारुख,कोटबेत,ठिनबाङ्ग हुँदै बयाले सम्म गाडी र कोटबेत र बानपा ३ फल्ट्याखोलामा बिधुत लाईन उद्घाटन गरिएको हो ।

उक्त कार्यक्रममा बोल्दै बागचौर नगरपालिकाका नगरप्रमुख लोकमान बुढाथोकीले वडा नं.१ को कोटवेतमा गाडी र बिधुत पुगे संगै आफुले चुनावमा गरेका प्रतिबद्धता पूरा गर्ने क्रममा नजिक पुगेको बताएका छन् ।खानेपानीको चरम अभावमा रहेको कोटवेत र आसपासका टोलहरुका लागि क्रमागत रूपमा लिप्ट सिस्टम बाट खानेपानीको काम संचालन भैरहेको बताए ।कार्यक्रमका प्रमुख अतिथि समेत रहेका बुढाथोकीले नगरका १२ वटै वडामा समान किसीमले बजेट बिनियोजन गरेर बिकास निर्माणका कार्य गरेको भन्दै, वडा नं१ का जनप्रतिनिधिले गरेको व्यबहारले आफुलाई गम्भीर बनाएको बताए । बागचौर नगरपालिका वडा नं.१ मा भएका दुई छुट्टाछुट्टै महत्त्वपूर्ण कार्यको उद्घाटनमा वडाका जनप्रतिनिधिको सहभागिता नहुनुले,वडा नं.१ का जनताले दिएको मतको अपमान भएको बताएका छन् ।उनले वडा नं.१ का जनप्रतिनिधिलाई कार्यक्रममा सहभागी हुन आग्रह गरेपनी उनिहरुले सहभागी नजनाएको र सरकारी काममा राजनीतिक रंग नमिसाउन आग्रह गरे ।

बस उद्घाटन र बिधुत उद्घाटन कार्यक्रममा विभिन्न राजनीतिक दलका प्रतिनिधि,सल्यान रुकुम यातायात प्रालिका कर्मचारी,पत्रकार लगाएत सर्वसाधारणको सहभागीता रहेको थियो ।
यस्तै सोमबारनै नगरप्रमुख बुढाथोकीले बागचौर नगरपालिका वडा नं.३ को फल्टेखोलामा बिधुत उद्घाटन गरेका छन् ।बिधुत उद्घाटन भए संगै उक्त टोलका करिव ४० घरपरिवार लाई सहजता थपिएको स्थानीय भागीराम डाँगीले बताए ।

प्रतिक्रिया दिनुहोस