१० फागुन २०७८ / बिमला बस्नेत
नेपाल कम्युनिस्ट पार्टी (एमाले) का कर्णाली प्रदेश सदस्य लोक बहादुर डाँगीले नेकपा( एकीकृत समाजवादी) मा प्रवेश गरेका छन् ।
मंगलवार सल्यान खलंगामा भएको पार्टीको शारदा नगरपालिका स्तरीय अगुवा कार्यकर्ता प्रशिक्षण तथा पाटी प्रवेश कार्यक्रममा प्रदेश सदस्य डाँगी लगाएत नेकपा एमालेका सयौ नेता कार्यकर्ताले एकीकृत समाजवादी पाटीमा प्रवेश गरेको समाजवादी पाटी सल्यानले जनाएको छ ।नेकपा एमाले परित्याग गरि एकीकृत समाजवादी पाटीमा प्रवेश गर्नेहरुमा पार्टी एमालेका, जिल्ला सदस्यहरु, खुमराज ओली, खेम कुमारी डाँगी, नन्दलाल अधिकारी, भुपाल डाँगी लगायतका रहेका छन् । पार्टी प्रवेश पछि कार्यक्रममा बोल्दै नेता डाँगीले एमाले पार्टी सहि भए पनि त्यस भित्रका केही ब्यक्तिहरु संग बिचार नमिलेर आफुले एमाले पार्टी छोडेको बताएका छन् । नेकपा एमालेका पुर्व जिल्ला अध्यक्ष समेत रहेका डाँगीले एमाले पाटी केही ब्यक्तिको प्राइभेट कम्पनीको रुपमा रहेको बताएका हुन । उनले आफुले समाजवादी पाटीमा प्रवेश गरे संगै जिल्ला भित्र र बाहिरका एमालेका अरु नेताहरुले पनि एमाले पार्टी छोडेर समाजवादी तिर आउने दावी दाबी गरेका छन ।
जिल्ला समन्वय समितीको सभाहलमा भएको पार्टि प्रवेश कार्यक्रममा एकीकृत समाजवादीका उपमहासचिव प्रकाश ज्वाला र राष्ट्रिय सभाका सदस्य उदय बोहराले खादा र माला लगाएर पार्टीमा स्वागत गराएका हुन् ।