नेपाल राट्रिय कर्मचारी संगठन बागचौर नगरको अध्यक्षमा हेमन्त बस्नेत निर्वाचित

०२ फागुण २०७८

नेकपा माओवादी केन्द्र निकट नेपाल राष्ट्रिय कर्मचारी संगठन बागचौरको सोमवार भएको प्रथम नगर सम्मेलन बाट हेमन्त बस्नेतको अध्यक्षतामा १३ सदस्सीय नयाँ कार्यसमिति निर्वाचित भएको छ ।

 

जस्को उपाध्यक्षमा रिता वली, सचिव केशव चन्द रहेका छन् यस्तै संगठनको सह(सचिवमा हिरादेवी रोकाय, कोषाध्यक्ष निर्मला वली र सदस्यहरु धनेश्वर खड्का, सुन्दर खड्का, नवीन वली, ओम प्रकाश वली, राधा बटाला, गणेशा वली, प्रेम कवंर र सरोज गिरी निर्विरोध निर्वाचित भएका हुन ।

संगठनले पछि एक जना थप्ने गरि पाँच सदस्सीय सल्हाकार समिति समेत गठन गरेको छ । जसमा तिर्थराज डाँगी, टेक बहादुर रावत, प्रदिप डि.सी र मुना खड्का रहेका छन ।
प्रथम नगर सम्मेलन उद्धघाटन सत्रमा बोल्दै नेपाल राष्ट्रिय कर्मचारी संगठनका केन्द्रिय सचिव शेर बहादुर खडकाले आफ्नो संगगठनको फरक इतिहास भएको बताएका छन् ।उनले प्रभावकारी जन सेवा र पेशागत अधिकार सुनिश्चताको लागी आफ्नो संगठन दृढताका साथ लागी परेको बताए । संगठनका कर्णाली प्रदेश इन्र्चाज समेत रहेका खड्काले शान्ती सुशासन आत्मनिर्भता समृद्धि र सामाजिक न्याएको लागी आफुहरु सधै तत्पर रहेको बताएका छन् ।

यस्तै कार्यक्रममा बोल्दै नेकपा माओवादी केन्द्र सल्यान जिल्ला समन्वय समितिका संयोजक कृति बहादुर पुन, नेकपा माओवादी केन्द्रका नेता भिम प्रकाश शर्मा, नेकपा माओवादी केन्द्रका प्रदेश कमिटी सदस्य टिकाराम वली, रत्न बहादुर वली, लोकमान बुढाथोकी, कल्पना पुन, जिल्ला समन्वय उपप्रमुख हरि प्रकाश बुढाथोकी,अखिल नेपाल शिक्षक संगठन केन्द्रीय सदस्य टेक बहादुर डि.सी,नेपाल बुद्धिजीवी संगठन केन्द्रीय सदस्य डा. पुर्ण भण्डारी नेकपा माओवादी केन्द्र बागचौर नगर कमिटी अध्यक्ष शोभाराम भण्डारी, सहसचिव मदन बस्नेत लगाएतकाले शुभकामना मन्तव्य राखेका थिए ।

प्रतिक्रिया दिनुहोस