सल्यानको बागचौर नगरपालिकाको आठौं नगरसभा सम्पन्न भएको छ ।
शनिबार बागचौरमा भएको नगर सभाको उद्घाटन गर्दै बागचौर नगरपालिकाका नगरप्रमुख लोकमान बुढाथोकीले आफ्नो कार्यकालमा जनतामाझ गरेका प्रतिबद्धता अनुसारका कार्य गर्दै आएको बताएका छन् । उनले बागचौर नगरपालिकाका १२ वटै वडामा शिक्षा,स्वास्थ्य,कृषि,रोजगार लगाएतका क्षेत्रमा सोचे जती बिकास गरेको बताए । आठौं नगरसभाका अध्यक्ष समेत रहेका बुढाथोकीले अवको बाँकि समयमा बिधुत बिस्तारको काम लाई तीव्रता दिने बताएका छन् ।
बागचौर नगरपालिका जिल्लाको सबैभन्दा बढी राजनीतिक नेतित्वहरु भएको स्थानीय तह भएपनि नगरको समृद्धिका लागि भने कसैको पनि पहल नदेखिएको भन्दै बरु, स्थानीय सरकार लाई असहयोग गर्ने परिपाटी देखिदै आएको नगर प्रमुख बुढाथोकीले बताए । उनले आफ्नो कार्यकालमा कोभिड १९ ले सोचेजती काम गर्न नदिएको र करार कर्मचारीले नगरपालिकाका काम कार्वाही संचालन गर्नु पर्ने बाध्यताले समेत नगरको समग्र बिकासमा असर पुर्याएको बताए ।
यस्तै कार्यक्रममा बोल्दै बागचौर नगर उपप्रमुख कल्पना पुनले आफुहरुको पहिलो कार्यकाल अनुभव संगै कोभिड महामारीले सोचे जति काम गर्न नसकेको बताएकी छिन । बागचौर नगरपालिकामा आवश्यक कर्मचारीको पदपूर्ति नहुनु,कर्मचारीको सरुवा हुनु र उपभोक्ताहरुको कारण पनि सोचेजती काम गर्न नसकेको बताउदै नगर उपप्रमुख पुनले आफुहरुले जनतामुखी काम गरेको बताइन् ।
आठौं नगरसभामा नगर प्रमुख बुढाथोकीले प्रस्तुत गरेका चालू आर्थिक बर्षमा संचालन गर्ने केही संशोधित योजनाहरु लाई समेत सभाबाट एक रुपताका साथ पारित गरिएको थियो । बागचौर नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय राम बहादुर हमालको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रममा इलाका प्रहरी कार्यालय थारमारेका प्रमुख सुशील थापा, वडा अध्यक्ष,वडा सदस्य,पत्रकार लगाएतको उपस्थिती रहेको थियो भने कार्यक्रमको संचालन बागचौर नगरपालिका शिक्षा शाखा प्रमुख टेकबहादुर डिसीले गरेका थिय ।