साक्षरता कार्यक्रमको जिल्ला स्तरीय वार्षिक समिक्षा वैठक सम्पन्न

१३ पुुष, सल्यान
रुम टु रीड पढनको लागी कोठा तथा दलित विकास समाज सल्यानले सल्यान जिल्लाका विभिन्न ६ वटा गाँउपालीका तथा नगरपालिकाहरु सँगको साझेदारीमा संचालित साक्षरता कार्यक्रमको वार्षिक समिक्षा वैठक सम्पन्न भएको छ ।
साक्षरता कार्यक्रमको वार्षिक समिक्षा वैठक गत वर्षहरुमा विद्यालय तथा पालिका हरुमै गएर सञ्चालन गर्ने गरीएको भए पनी यस वर्ष कोभिडका कारण भर्चुअल रुपमै सञ्चालन गरीएको हो । कार्यक्रममा सहभागी हरुले कोभिडका कारणले विद्यालय वन्द भएपनी यस वर्ष रेडियो कार्यक्रम तथा अन्य माध्याम वाटै भएपनी अविभावक,विद्यार्थी तथा शिक्षकहरु लाई सहयोग गरी साक्षरता कार्यक्रम तथा दलित विकास समाज, रुम टुरीडले खेलेको भुमीकाको प्रसंशा गरेका थिए ।
कार्यक्रमका प्रमुख अतिथी जिल्ला समन्वय समिती सल्यानका प्रमुख केश वहादुर विष्टले वालवालीका हरुको सिकाईमा सकारात्मक परीवर्तन ल्याउने यस कार्यक्रमलाई स्थानीय तह हरुले अपनत्व ग्रहण गरी अन्य विद्यालयमा समेत विस्तार गर्नुपर्ने धारणा राखेका थिए ।
त्यसै गरी त्रिवेणि गाँउपालिका अध्यक्ष मान वहादुर डाँगीले साक्षरता कार्यक्रमले सल्यान जिल्ला र आप्mनो पालीकाका विद्यालयहरुमा वालवालिकाको पढने सिप र वानीको विकासका लागी गरेको योगदानको लागी धन्यवाद दिनुको साथै आफनो तर्फवाट आगामी दिनमा कार्यक्रमको विस्तारका लागी सहकार्य गरेर जाने प्रतिवद्धता समेत व्यक्त गरे ।
समिक्षा वैठकको सहजिकरण रुम टु रीडका कार्यक्रम अधिकृत वावुराम पोख्रल,क्षेत्रिय कार्यक्रम व्यवस्थापक खडग वहादुर कुवर,सुष्मा , दलित विकास समाजका अध्यक्ष निम वहादुर नेपाली ले गरेका थिए ।
जिल्ला समिती सल्यानका प्रमुख केश वहादुर विष्टको प्रमुख आतिथ्यतामा सञ्चालन भएको कार्यक्रममा सल्यान जिल्लाका ६ वटा पालिकाका प्रमुख, उपप्रमुख, शिक्षा शाखा प्रमुख, पत्रकार महासंघ तथा गैसस महासंघका प्रतिनीधी, प्रअ, भाषा शिक्षक हरुको सहभागिता रहेको थियो ।
पढने सिप र वानीको विकास गर्ने उदेश्यका साथ कक्षा १ देखि ५ सम्म्का वालवालिकाहरु लाई लक्षित गरी संचालन गरीएको साक्षरता कार्यक्रम सल्यान जिल्लामा सन् २०१८ देखि संचालनमा आएको छ ।

प्रतिक्रिया दिनुहोस