याद राख्नुस् ! यसरी खाना पकाउँदा घातक हुन सक्छ…

घरमा खाना पकाउनुका धेरै फाइदाहरू छन् । एक अध्ययनका अनुसार घरमा पकाएको खानाले तपाईलाई एक सन्तुलित आहार दिलाउँछ । तर, यसका लागि हामीले केही सावधानी भने अपनाउन जरूरी छ, ताकि हामीले खानेकुराको सुरक्षा राम्रोसँग गर्न सकौं ।

खानेकुरामा पाइने घातक ब्याक्टेरिया यसलाई हेरेर या स्वाद चाखेर पत्ता लाउन सकिदैन । तर तिनीहरूको सानो उपस्थितिले पनि खानालाई विषालु बनाइ दिन सक्छ ।

खानालाई विषालु बनाउन सक्ने त्यस्ता घातक तरिकाहरू के-के हुन् त, आउनुहोस् तिनको चर्चा गरौं ।

पहिलो तरिका

मासुलाई रेफ्रिजिरेटर भन्दा बाहिर कहिल्यै पनि स्टोर नगर्नुस् । यो ५ डिग्री देखि ६० डिग्रीमा हुँदा ब्याक्टेरियाले आक्रमण गर्ने सम्भावना बढी हुने हुँदा यसलाई बाहिर नराख्नुस् ।

दोस्रो तरिका

काचो मासुलाई पानीले पखाल्दा ख्याल गर्नुस् । पानीले पखाल्दा मासु त सुरक्षित होला तर यसको आसपासमा ब्याक्टेरियाहरू छरिन पुग्छन् । तपाईको हातमा, पखालेको ठाउँमा ब्याक्टेरिया पुग्न सक्छन् ।

तेस्रो तरिका

कुहिन सक्ने खानेकुरालाई फ्रिजभन्दा बाहिर २ घण्टा भन्दा बढी समयसम्म कहिल्यै नराख्नुस् । यसले ब्याक्टेरिया संक्रमणको सम्भावनालाई ह्वात्तै बढाउँछ ।

चौथो तरिका

ब्याक्टेरिया नदेखिने कुरा हो । न यसलाई चाखेर पत्ता लाउन सकिन्छ, न त सुँघेर नै । तर, सम्भावित केही खानेचिजमा ब्याक्टेरिया छ कि जस्तो लागेमा त्यसको सेवन नगर्नुस् ।

पाँचौ तरिका

काँचो अण्डा कहिल्यै नखानुस् । यसले शक्तिको साटो तपाईलाई यथेस्ट ब्याक्टेरिया दिन सक्छ ।

छैटौं तरिका

माछा-मासुलाई यथेष्ट तापक्रमसम्म पकाउनुहोस् । यसले गर्दा ब्याक्टेरियाहरू मर्न पुग्छन् ।

सातौं तरिका

सामान्य तर एकदमै महत्वपूर्ण कुरा- खाना पकाउनु अघि सधैंसाबुन पानीले मिचिमिचि हात धुनुहोस् । यसले तपाईको हातमा भएका सबै ब्याक्टेरियालाई मार्दिन्छ ।

आठौं तरिका

महलाई कहिल्यै तातो तापक्रममा नराख्नुस् । एक अध्ययनका अनुसार अत्यधिक तापक्रमले महको गुणस्तर घटाउनुका साथै क्यान्सर बनाउने रसायनको समेत सम्भावना बढाउँछ ।

के तपाईका पनि खाना सुरक्षित बनाउने केही टिप्सहरू छन् ? यदि छन् भने हामीलाई कमेन्टबक्समा उल्लेख गरी पठाउनुहोला ।

घरमै बसौं, सुरक्षित रहौं ।

दियो अनलाइन

प्रतिक्रिया दिनुहोस