दार्मामा गाडी ठोकिँदा ३ जना घाइते

प्रकाश शर्मा
२७ असोज, सल्यान ।

आइतबार राति ८ बजे सल्यान थारमारेबाट फारुलाको लागि हिडेको लु २ च १६७२ नंको जिप दार्मा गाउँपालिका वडा नं ३ मा पर्ने भिरबाटिमा ठोकिएको छ । गाडीमा क्षमताभन्दा बढि लोड भएको र उकालोमा ब्याक हुदा ब्रेक फेल भएर गाडी ठोकिएको चालकको भनाइ छ ।

घाइतेहरु दार्मा ३ दबाङ निबासी चम्फा आली, दार्मा ३ खलाटाकुरी निवासी करुना रोकाय र दार्मा २ निबासी कमला रोकाय रहेका छन् । उनीहरुलाई उपचारको लागि जिल्ला अस्पताल सल्यानमा पठाइएको ई.प्र.का फारुलाका सहायक प्रहरी निरिक्षक जनक भन्डारीले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस