शिव जन मा.वि. ले वार्षिकोत्सवका अवसरमा गर्यो श्रीनगर बजार सरसफाई, भोली निशुल्क स्वास्थ्य शिविर आयोजना

९ जेठ, सल्यान
सल्यान जिल्ला शारदा नगरपालिका १ शीतलपाटीमा रहेको शिवजन माध्यमिक विद्यालयले आफ्नो ६० औं वार्षिकोत्सवका अवसरमा विहिवार विहान जिल्लाकै ठुलो ब्यापारीक केन्द्र श्रीनगर बजार सरसफाइ गरेको छ ।
एकहजार बढि विद्यार्थी तथा शिक्षक,कर्मचारी, तथा अभिभावकको सहभागीतामा बजार सरसफाई सम्पन्न भएका हो ।
६० औं वार्षिकोत्सवको अवसरमा शिवजन माविले पहिलो दिन बजार सरसफाई, दोस्रो दिन अर्थात शुक्रवार निशुल्क स्वास्थ्य शिविर आयोजना गरेको छ । जसमा शिवजन माविले सम्पूर्ण विद्यार्थी, अभिभावक, तथा यस आसपासका क्षेत्रका जनसमुदायको लागि लक्षित गरि निःशुल्क स्वास्थ्य परिक्षण शिविर आयोजना गर्न लागिएको विद्यालयका प्रधानाध्यापक हिरालाल नेपालीले बताउनु भयोे । कोहलपुर मेडिकल कलेजमा  कार्यरत डा. श्याम वि.क लागायतको विशेषज्ञ टोलिले स्वास्थ्य परिक्षणका लागि आउन लागेको विद्यालयका अध्यक्ष राजेश विकले जानकारी दिनुभएको छ । विद्यालयले जेठ ११ गते का दिन भव्य कार्यक्रमका विच बार्षिकोत्सव मनाउने बताइएकोछ ।

प्रतिक्रिया दिनुहोस