चैत्र १८, सल्यान
शैक्षिक सत्र २०७६ बाट त्रिवेणी गाउँपालिका सल्यानमा रहेका २९ सामुदायिक र ७ निजी विद्यालयमा स्थानीय पाढ्यक्रम मेरो त्रिवेणाी संचालनमा ल्यान लागिएको छ ।
गाउँपालिका भित्र अध्ययनरत विद्यार्थीहरुले समग्र त्रिवेणी गाउँपालिकाको इतिहास,भौगोलिक बनावट,संस्कृति, पर्यटन, कृषि, रहनसहन, भेषभुषा लगायतका सामाग्रीहरु उक्त पाढ्क्रममा रहने गरि पाढ्यक्रम निर्माणको कामलाई तिब्रता दिइएको गाउँपालिका अध्यक्ष मान बहादुर डाँगीले बताउनुभएकोछ ।
साविकका त्रिवेणी, कारागिढी, फलावाङ,काभ्रा गरेर जम्मा ६ वडा रहेको त्रिवेणी गाउँपालिकामा नयाँ शैक्षिक सत्र देखि मेरो त्रिवेणी नामक पाढ्यक्रम पठनपाठनको लागि संचालनमा ल्याउन लागिएको हो ।
यसरी स्थानीय सरकारले पाढ्यक्रम संचालन गर्न लागेको जिल्लाकै पहिलो पटक हो ।