गायक खर्क बहादुर बुढा र लिलावति बुढाको युगल साँझ हुने(भिडियो सहित)

१८ फाल्गुन , सल्यान
लोकगित संगीतका सर्जक गायक,बाध्यवाधक खर्क बहादुर बुढा र उहाँकी जीवन संगिनी गायिका लिलावती बुढाको युगल साँझ यही चैत्र २९ गते राष्ट्रिय नाच घर काठमाणडौ मा हुने भएको छ ।
करिब ३ दशक लामो सांगितिक यात्राममा सहयात्रा गरिरहेका गायक जोडि खर्क बहादुर बुढा र लिलावति बुढाले उक्त साँझमा हालसम्म गायका गितहरु प्रस्तुत गरिने भएको छ ।
पुराना लोग गित संगितको बारेमा दर्शक श्रोतालाई जानकारी होस तथा त्यसको उत्थान होस र पछिल्नो पुस्ताले आफुहरुलाई नजिक बाट चिन्न सकियोस भनि यो कार्यक्रम आयोजना गर्न लागिएको गायक बुढा बताउनु हुन्छ ।
सल्यान जिल्लाको पिमखोलामा जन्मनुभई राप्ती क्षेत्रको लोक गित संगितलाई राष्ट्रिय स्तरमा चिनाउन गायक खर्क बहादुर बुढा र लिलावति बुढाको निकै ठुलो भुमिका देखिन्छ ।
पुराना लोक गित संगितको जर्गेना तथा कर्णाली तथा राप्तीमा गाइने भाकाहरुको जानकारी होस भनि उक्त साँझ आयोजना गर्न लागिएको सल्यान सरोकार समाजका अध्यक्ष सदिक्षा मगरले जानकारी दिनुभएको छ ।
उक्त साँझमा सल्यानी सोरठी, पैसेरु,नाच पनि प्रस्तुत गरिने छ ।
उक्त साँझ यही चैत्र २९ गते सगरमाथा टेलिभिजनबाट पनि प्रत्यक्ष प्रशारण हुने पनि आयोजकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस