१६ पौष २०८२ / सल्यान
अमेरीका बस्दै आएका सल्यान एक युवकले बिद्यार्थी लाई न्यानो कपडा बितरण गर्नु भएको छ ।
जिल्लाको बनगाड कुपिण्डे नगरपालिका वडानं.२ बेतेनी घर भइ हाल अमेरीका बस्दै आएका जनकराज रानाले बनगाड कुपिण्डे नगरपालिका भित्रका आधा दर्जन बढी बिधालयका बिद्यार्थीलाई न्यानो कपडा बितरण गर्नु भएको हो ।
समुदायप्रति निरन्तर सेवाको भावना राख्दै,बालबालिकालाई न्यानो बनाउने उद्देश्य सहित आफुले सयौंको संख्यामा विद्यार्थीहरूलाई न्यानो कपडा बितरण गरेको राणाले बताउँनु भएको छ । उहाँले बालबालिका लाई सहज रूपमा विद्यालय आउन जान तथा अध्ययन–अध्यापनमा उर्जा बढाउनको लागि उक्त कार्यले टेवा पुग्ने अपेक्षा लिएको बताउनु भयो ।
बनगाड कुपिण्डे नगरपालिकाका विभिन्न ठाउँका ७ विद्यालयका २सय ८९ जना विद्यार्थी र २२ जना अपांग व्यक्तिहरुलाई न्यानो कपडा वितरण गरिएको हो । राणाले श्री आधारभूत विद्यालय लाहाघाटका ८९ जना, श्री जनकल्याण प्रावि राइराका २८ जना, श्री बासुका प्रावि बेतेनीका २९ जना, श्री भगवती प्रावि बाहुनगाउँका १० जना, सामुदायिक बालविकास कारागाउ ११ जना, श्री आधारभूत विद्यालय बनगाड कुपिण्डे नगरपालिका १० थापाचौर ८९ जना र श्री जनता प्राथमिक विद्यालय डोप्केमा ३३ जना विद्यार्थी र शिक्षक कर्मचारी गरेर ३२ जनालाई टोपी लगाएतका न्यानो कपडा बितरण गर्नु भएको हो ।
उहाँले नगर भित्रका अति विपन्न तथा अशक्त भएका व्यक्तिहरु लाई समेत न्यानो कपडा बितरण गरेको बताउनु भएको छ ।जस अन्तर्गत राइराका ६ जना र लाहाघाटका ११ जना, भर्सिलका २जना, बेतेनीका २ जना, कारागाउ १ जना सहित २२ जना रहनु भएको छ ।
नेपाली सेनाको सुवेदार हुँदै पेन्सन रिटायट भएर,हाल अमेरीकामा बस्दै आएका राणाले केही बिधालयलाई थप सहयोग गर्ने समेत बताउनु भएको छ ।