१३ पौष २०८२/ दाङ
त्रिशिद्वेश्वरी राप्ती यातायात सेवा प्रालि दाङले धनगढीका लागी एसी बस संचालनमा ल्याउने भएको छ ।

पश्चिम क्षेत्रका जनता लाई स्तरीय सुबिधा दिनको लागी प्रालिले जय मा कल्याणी एसी बस प्रालिमा भित्र्याएको हो ।
शनिबार २ वटा एसी बसको प्रालिका अध्यक्ष सुरेश हमालले रिवन काटेर उद्घाटन गर्नु भएको हो । बस उद्घाटन गर्दै अध्यक्ष हमालले पुर्वका विभिन्न जिल्लामा सुबिधा सम्पन्न एसी बसहरु सन्चालन गर्दै आएको र पश्चिममा समेत एसी बसहरु संचालनको सुरुवात गरेको बताउनु भयो । उहाँले नयाँ गाडी प्रालिमा ल्याउनु भएकोमा प्रालिका पुर्व सदस्य तथा कुशल व्यवसायी रन्जन गौतम र समन बाबू डाँगीलाई व्यवसायी सफलताको शुभकामना दिनु भयो ।
बस उद्घाटन कार्यक्रममा बोल्दै बसका धनी रन्जन गौतमले यात्रुको सुबिधालाई मध्यनजर गर्दै सुबिधा सम्पन्न गाडीहरु प्रालिमा ल्याएको बताउनु भयो ।उहाँले तत्कालनै गाडीहरु तुलसीपुर बाट धनगढीका लागि प्रत्येक दिन विहान ६:५५ बजे र धनगढी बाट तुलसीपुरका लागि विहान ५:५५ बजे छुट्ने कुरा जानकारी गराउनु भयो ।
तुलसीपुर बसपार्कमा भएको बस उद्घाटन कार्यक्रममा प्रालिका पदाधिकारी,मजदुर संगठनका नेता,गाडी व्यवसायी पदाधिकारी,
पत्रकार,कर्मचारी लगाएत सरोकारवाला निकायका प्रमुख तथा प्रतिनिधिको सहभागिता रहेको थियो ।

