२४ कार्तिक २०८२/ दाङ
पश्चिम दाङको हापुरे देखि काठमाण्डौका लागि एसी बस संचालन गरिएको छ ।

त्रिशिद्वेश्वरी राप्ती यातायात सेवा प्रालि दाङले यात्रुको सहजताका लागी हापुरेबाट काठमाण्डौका लागी रात्रि सेवामा एसी बस संचालन गरेको हो ।
सोमबार एक कार्यक्रमका बिच प्रालिका अध्यक्ष सुरेश हमालले यात्रुलाई खादा टीका लगाएर बस सेवाको उद्घाटन गर्दै ,पश्चिम दाङको मुटु मानिने हापुरेबजारलाई केन्द्र बनाई आफुहरुले काठमाण्डौका लागि रात्रि सेवामा कस्तुरी एसी बस संचालन गरेको बताउनु भयो ।अध्यक्ष हमालले पश्चिम दाङका बबई गाउँपालिका,शान्तिनगर गाउँपालिका र दंगीशरण गाउँपालिकाका जनताको सहजता लाई मध्यनजर गर्दै यात्रुलाई आरामदायी एवं स्तरीय सेवा प्रदान गर्ने उधेश्यले उक्त स्थान बाट गाडी संचालन गरिएको बताउनु भयो ।उहाँले सो क्षेत्रका जनतालाई गाडी बाट पाउने सेवा सुबिधामा केहि कतै कमिकम्जोरी भएमा काउन्टर मार्फत आफुहरुलाई खवर गर्न अनुरोध गर्नु भयो ।हमालले प्रालिले हापुरे देखि काठमाण्डौका लागि १ हजार ९ सय ५० रुपैया एसी भाडा निर्धारण गरिएको र सो क्षेत्रका यात्रुको सहजताका लागी हापुरे टिकट काउन्टर बाट भारतको दिल्ली,मुस्ताङको मुक्तिनाथ, बिराटनगर,पोखरा,बिरगञ्ज,धनगढी महेन्द्रनगरलगायतका
शहरहरुमा जानको लागि टिकट उपलब्ध गराउन सकिने बताउनु भयो ।
बस सेवा उद्घाटन कार्यक्रममा प्रालिका प्रशासनिक सह संयोजक प्रितम कुमार श्रेष्ठ,कस्तुरी बसका धनी राजकुमार जिसी,प्रालिका प्रेस सल्लाहकार शरद रेग्मी लगाएतको उपस्थिति रहेको थियो ।
हापुरे बजार बाट काठमाण्डौका लागि प्रत्येक दिन अपरान्ह ४: ३० बजे, तुलसीपुर बाट साँझ ६: १५ छुट्ने गाडी, काठमाण्डौ बाट दाङको लागि बेलुकी ५: ५ बजे छुट्ने छ ।
हापुरे काउन्टर बाट आज पहिलो दिन पहिलो टिकट लिने एकजना यात्रुलाई कुल भाडामा ५० प्रतिशत छुट दिइएको थियो ।
