२१ कार्तिक २०८२/ काठमाण्डौ
सल्यानलाई पुर्ण बिधुतिकरण गर्नको लागि केन्द्रमा छलफलको प्रक्रिया लाई तिब्रता दिइएको छ ।
जिल्ला लाई पुर्ण बिधुतिकरण गर्नको लागि आवश्यक प्रक्रिया अगाडि बढाउने बिषयमा केन्द्र स्तरमै छलफल गरिएको हो ।
उक्त छलफलमा पार्टीका जिल्ला,देखि केन्द्र,स्तर सम्मका नेताहरुको सहभागीता रहेको थियो ।
नेपाल विद्युत प्राधिकरण केन्द्रीय कार्यालयका, कार्यकारी निर्देशक मनोज सिलवाल तथा कर्णाली विद्युत विस्तार आयोजनाका प्रमुख विमल रावतसँग,पार्टीका नेता तथा कर्णाली प्रदेशसभाका सदस्य एवं पूर्वमन्त्री भिमप्रकाश शर्मा, बनगाड कुपिण्डे नगरपालिकाका नगर प्रमुख कर्णबहादुर बुढाथोकी, पार्टीका सल्यान जिल्ला इन्चार्ज किर्तिबहादुर पुन (प्रकाण्ड) लगाएत आफुले पुर्ण बिधुतिकरणका लागि विभिन्न बिषयमा छ्लफल गरिएको युवा नेता रमेश मल्लले बताउनु भयो ।
उहाँले हालसम्म सल्यान जिल्लामा भइरहेको विद्युतिकरणको प्रगति तथा बाँकी रहेका कार्य छिटो सम्पन्न गर्ने र निर्माण कम्पनीहरूलाई जिम्मेवार बनाउँदै कामको गति अझ तीव्र पार्ने बिषयमा छलफल गरिएको बताउनु भएको हो ।
नेता मल्लले नेपाल विद्युत प्राधिकरण, प्रदेश सरकार र स्थानीय तहको सहकार्यमा सल्यानका विभिन्न स्थानमा विद्युत विस्तारको काम तीव्र रूपमा अघि बढिरहेको र एसियाली पूर्वाधार बैंक (AIIB) को सहयोगमा कालिमाटी र बनगाड कुपिण्डे नगरपालिकाका केही क्षेत्रमा विद्युतिकरण कार्य भइरहेको बताउदै कर्णाली प्रदेश कार्यालयको मातहत अन्य आठ पालिकामा पनि काम अघि बढिरहेको बताउनु भयो ।
यस्तै, बाँकी विद्युत विस्तारका कार्यहरूलाई पूरा गर्नका लागि स्थापना गरिएको कर्णाली विद्युत विस्तार आयोजनाले एशियाली विकास बैंक (ADB) को सहयोगमा सल्यानका सबै पालिकामा पहुँच विस्तार गर्ने जिम्मेवारी लिएको छ।
संबन्धित पक्षहरूले टेन्डर प्रक्रिया शीघ्र अघि बढाई निर्माण कार्य सुरु गर्न आवश्यक पहल गर्ने प्रतिबद्धता जनाएका छन्।
यो पहलले छिट्टै सल्यानलाई पूर्णरूपमा उज्यालो जिल्ला बनाउने अभियानलाई ठोस गति प्रदान गर्ने विश्वास गरिएको छ।