१८ कार्तिक २०८२/ दाङ
त्रिशिद्वेश्वरी राप्ती यातायात सेवा प्रा.लि.दाङले कर्मचारी प्रशिक्षण अभियानको सुरुवात गरेको छ ।

प्रालिमा आवद्ध कर्मचारीहरुले यात्रुहरूलाई अझ सुरक्षित, भरपर्दो र सभ्य सेवा प्रदान गर्नका लागी आवश्यक ज्ञान र सीप प्रदान गर्नको लागी उक्त प्रशिक्षण अभियानको सुरुवात गरिएको हो ।
मंगलबार प्रालिको लमही शाखामा भएको प्रशिक्षण कार्यक्रममा भालुवाङ,लमही क्षेत्रका शाखा कार्यालय र काउन्टरमा कार्यरत कर्मचारीहरु लाई प्रशिक्षण दिदै प्रालिका अध्यक्ष सुरेश हमालले यातायात क्षेत्रमा कार्यरत कर्मचारीहरुमा व्यवसायिक अनुशासन हुन अति आवश्यक भएको बताउनु भयो ।उहाँले कर्मचारीहरूलाई आफ्नो जिम्मेवारी सफलता पुर्वक पूरा गर्न र यात्रुसँग सभ्य व्यवहार गर्न र प्रालिको आचारसंहिता पालना गर्न निर्देशन दिनु भयो ।अध्यक्ष हमालले प्रशिक्षित कर्मचारीमार्फत कम्पनीको सकारात्मक छवि यात्रु र समाजमा प्रस्तुत गर्ने उद्देश्य रहेको भन्दै त्यस तर्फ ध्यान दिन सहभागी कर्मचारीहरुलाई अनुरोध गर्नु भयो ।उहाँले चालक, सह–चालक, टिकट काउन्टर र व्यवस्थापनबीचको सहकार्य र समन्वय बलियो बनाउन फिल्डमा हुने गतिविधि लाई नेतृत्व सम्म जानकारी गराउन समेत जिम्मेवार कर्मचारी लाई आग्रह गर्नु भयो ।
प्रालिका प्रशासनिक सचीव नारायण प्रशाद न्यौपानेले डिजिटल प्रविधि संगै,सार्वजनिक क्षेत्रमा काम गर्ने जो कोहि व्यक्ति पनि सचेत हुनु पर्ने अवस्थाको बिकास भएको बताउनु भयो ।उहाँले पछिल्लो समयमा सामाजिक संजालको बिकासले कुनै पनि गल्ती कमजोरी लाई ढाकछोप गर्न कठिन हुने भन्दै सचेत भएर यात्रुमैत्री सेवा दिन कर्मचारी लाई निर्देशन दिनु भयो ।उहाँले यातायात क्षेत्रमा काम गर्ने जोकोहिलाई पनि समाजले हेर्ने दृष्टिकोण फरक भएकाले त्यसमा सुधार ल्याउन प्रतिबद्ध बन्न कर्मचारीहरुलाई अनुरोध गर्नु भयो ।
कर्मचारी प्रशिक्षण कार्यक्रममा प्रालिका अध्यक्ष सुरेश हमाल,उपाध्यक्ष मानबहादुर डिसी,प्रशासनिक सचीव नारायण प्रशाद न्यौपाने,कल्याणकारी संयोजक भरतराज श्रेष्ठ,लेखा संयोजक प्रेमबहादुर रावत लगाएतको उपस्थिति रहेको थियो ।यस्तै कार्यक्रममा बिमा संयोजक तेज प्रशाद अधिकारी,प्रशासनिक सह- संयोजक प्रितम कुमार श्रेष्ठ,कल्याणकारी सह – संयोजकहरु ज्ञान बहादुर खत्री,ॠषिराज रावत क्षेत्री,दिवाकर न्यौपाने,लेखा सह- संयोजक बिरेन्द्र कुमार खत्री,सल्लाहकार चित्रबहादुर वली,रुट संयोजकहरु कुमार डाँगी,पदम बहादुर वली,श्रावण कुमार आचार्य,नवराज आचार्य,सागर रावल,मनोनीत सदस्य उदयबहादुर बिश्वकर्मा लगाएतको उपस्थिति रहेको थियो ।
प्रशिक्षण कार्यक्रम लाई निरन्तरता दिने भन्दै प्रालिका प्रबन्धक पुष्कर धितालले लगतै घोराही,तुलसीपुरका कर्मचारी लाई पनि विभिन्न बिषयमा प्रशिक्षण दिइने बताउनु भयो ।
