४ भदौ २०८२/ सल्यान
नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य भिम प्रकाश शर्माले सहिदले देखाएको बाटोमा सबैले लामबद्ध हुनुपर्ने बताउनु भएको छ ।
उहाँले आम जनताको मुक्ति र समृद्धिका लागि सहिदले दिएको बलिदान सम्झिँदै, सहिदका सपना पूरा गर्न आर्थिक उन्नति र उत्पादनमुखी काममा लाग्नुपर्नेमा जोड दिनु भयो ।
कुमाख ६, बडागाउँ वेशीटोल निवासी सहिद अनिता शर्माको (सम्झना)भएको को २३औं स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै शर्माले सहिदले जनताको निम्ती बगाइएको रगतको सम्मान गर्न जनप्रतिनिधिहरूले इमान्दार भएर काम गर्नुपर्ने बताउनु भयो ।
कार्यक्रममा सहिद अनिता शर्माका बुबा हस्तु जैसीले आफ्ना सन्तानले जनताका लागि रगत बगाएको बताउनु भयो ।
पार्टीका केन्द्रीय सदस्य दिलमाया बुढा मगरले समाज परिवर्तनमा योगदान गर्ने क्रममा कुमाखमा ८ र जिल्लामा ३३ महिलाले बलिदान दिएको स्मरण गर्दै, “सहिद कुनै पार्टीका नभएर , राष्ट्रका भएको बताउनु भयो ।
प्रदेश कमिटी सदस्य हरि प्रकाश बुढाथोकीले सामाजिक संजालमा देखिने चर्चामा नलाग्न र वर्तमान उपलब्धिलाई सहिदको बलिदानसँग जोड्नुपर्ने जोड दिनु भएको थियो ।
प्रदेश कमिटी सदस्य डिल्लीराज जैशीले सामाजिक संजालमार्फत समाज कब्जा गर्न खोज्नेहरूबाट सचेत रहनुपर्ने र जनताको दुःखमा नदेखिने पुरानाहरूबाट केही नहुने चेतावनी दिनु भयो ।
कार्यक्रममा पार्टीका पालिका अध्यक्ष डिल्ली बहादुर राना, वडा नं ६ का सरकारका अध्यक्ष कर्ण बहादुर विकले श्रद्धाञ्जली मन्तव्य राख्नु भएको थियो । वडाध्यक्ष हरिलाल बुढाको अध्यक्षतामा भएको कार्यक्रमको संचालन रेमन्त शर्माले गर्नु भएको थियो भने सहभागीहरूलाई स्वागत उपाध्यक्ष रविन भडेलले गर्नु भएको हो ।
