साउन ३१ गते गायक नेत्र भण्डारी र गायिका अस्मिता डल्लाकोटी सल्यानको श्रीनगरमा

२१ साउन २०८२ सल्यान

सल्यानको श्रीनगरमा गाएक नेत्र भण्डारी र गायिका अस्मिता डल्लाकोटी आउने हुनु भएको छ ।

राधाकृष्ण मन्दिरमा श्रीकृष्णको आयोजनामा जन्माष्टमीको अवसर पारेर साउन ३१ गते आयोजना गरेको सांस्कृतिक मेलामा आफ्नो प्रस्तुति दिन गाएक भण्डारी र गायिका डल्लाकोटी आउनु हुने भएको हो ।

मन्दिर व्यवस्थापन तथा संरक्षण समितिको बुधबार बसेको बैठकले बसपार्क छेउमा रहेको मन्दिर परिसरमा मेला गर्ने निर्णय गरेको हो । मेलामा भजन–कीर्तनसहित विविध सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिने समितिले जनाएको छ ।

बैठकले व्यवस्थापन समितिका अध्यक्ष मान बहादुर वलीको अध्यक्षतामा न्युटन श्रेष्ठको संयोजकत्वमा ११ सदस्यीय मेला व्यवस्थापन उप–समिति गठन गरिएको हो । उप–समितिले मेलाको व्यवस्थापन, आर्थिक संकलन तथा कलाकारहरूको व्यवस्थापन गर्ने जिम्मेवारी पाएको छ ।
परम्परागत रूपमा आयोजना हुने मेलामा भजन–कीर्तन, स्वरठी, लाखे नाचलगायतका प्रस्तुति रहनेछन् ।मेलामा सहभागी भई सांस्कृतिक कार्यक्रमलाई भव्य बनाउन समितिले सबैमा आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस