१० साउन २०८२/ नेपालगन्ज
नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका युवा नेता रमेश मल्लले सल्यानमा भएको सवारी दुर्घटनाका घाइतेहरुलाई भेट्नु भएको छ ।
विहीबार नेपालगन्ज बाट रुकुमको चौरजहारी जादै गरेको गाडी दुर्घटनाका घाइतेहरुलाई नेता मल्लले भेटेर स्वास्थ्य लाभको कामना गर्नु भएको हो ।
पार्टीका केन्द्रिय सदस्य मल्लले नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पतालमा पुगेर घाइतेहरुको अवस्था बुझ्नु भएको हो ।उहाँले
अस्पताल प्रशासन र सल्यान प्रहरी प्रशासनलाई उपचार प्रक्रिया सहज बनाउन विशेष अनुरोध गर्नु भएको हो ।पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ का पूर्व स्वकीय सचिव समेत रहनु भएका मल्लले घाइतेहरूको स्वास्थ्य अवस्थाबारे जानकारी लिँदै उपचार प्रक्रियामा कुनै कमी हुन नदिने बिश्वास व्यक्त गर्नु भयो ।उहाँले घाइतेहरुको उपचारलाई सहज बनाउनको लागी सम्बन्धित पक्षहरूसँग समन्वय गर्दै आएको बताउँनु भयो ।
घाइतेका आफन्तहरूले आफ्ना जिल्लाका जनताको पीडामा साथ दिएकामा नेता मल्ललाई धन्यवाद व्यक्त गर्नु भएको थियो । मल्लसँगै नेकपाका अर्का केन्द्रीय सदस्य नरेन्द्र न्यौपाने र कोहलपुर वडा नं. २ का अध्यक्ष हरी कठायत लगाएतका नेता अस्पतालम पुग्नु भएको हो ।
