सल्यान बागचौर देखि काठमाण्डौको लागि सिल्पर एसी बस सेवा संचालन

२७ असार २०८२/ सल्यान

सल्यान बागचौर नगरपालिकाका नगर प्रमुख जनकराज गौतमले नगरको केन्द्र बाट केन्द्रिय राजधानी सम्मको लागि सुविधा युक्त एसी बस सन्चालनले आफुहरुलाई खुसी तुल्याएको बताउँनु भयो ।

उहाँले बागचौर नगरपालिका भित्रका वडाबासी,छिमेकी गाउँपालिका र छिमेकी जिल्ला रुकुम रोल्पाकाका यात्रुहरुलाई सुविधा दिनको लागि सिल्पर सहितको एसी वस संचालन गरेकोमा सल्यान रुकुम यातायात प्रा.लि.परिवारलाई धन्यवाद व्यक्त गर्नु भयो ।
विहिवार बागचौर देखि काठमाण्डौका लागि एसी बस संचालन सेवालाई उद्घाटन गर्दै कार्यक्रमका प्रमुख अतिथि गौतमले काठमाण्डौको यात्रा गर्नको लागि श्रीनगर,दाङ गएर गाडी चढ्नु पर्ने वाध्यता हटेको बताउँनु भयो ।उहाँले बागचौर बाट काठमाण्डौका लागि सिधा गाडी सन्चालन हुनुले व्यापारी व्यावसायिको पेशामा समेत वृद्धि हुने बताउँनु भयो ।नगर प्रमुख गौतमले नियमित रुपमा गाडी सन्चालन गर्नको लागि प्रालि लाई आग्रह गर्दै नरपालिकाको तर्फ बाट सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नु भयो ।

यस्तै उद्घाटन कार्यक्रम बागचौर नगरपालिकाकि उपप्रमुख सुम्निमा डि,सी.(वली)को बिशिस्ट आतिथ्यता,नगरका प्रमुख प्रशासकीय अधिकृत हरि बहादुर कठायत,बागचौर नगरपालिका वडानं.२ का वडा अध्यक्ष तथा नगर प्रवक्ता दिपेश डिसी.वडानं.३ का अध्यक्ष भिमप्रकाश भण्डारी लगाएतको आतिथ्यतामा सम्पन भएको हो ।
यस्तै कार्यक्रममा इलाका प्रहरी कार्यालय थारमारेका प्रमुख आच्युत कृष्ण के.सी.जनकल्याण नमुना माध्यामिक बिधालय थारमारेका बिधालय व्यवस्थापन समिति अध्यक्ष गोरख केसी,नेकपा मा ओवादी केन्द्रका नेता सोभाराम भण्डारी,नेकपा एमालेका नेता ज्ञानेश्वर केसी,बुद्धिजिवि हेमेन्द्र वली,सल्यान रुकुम यातायात प्रा.लि.सल्यानका थारमारे काउन्टर इन्चार्ज प्रेम बस्नेत,बागचौर काउन्टर इन्चार्ज   हेमेन्द्र डिसी,गाडी धनी कृष्ण बोहरा लगाएत स्थानियवासी,विभिन्न पेशामा आवद्ध व्यक्तिहरुको उपस्थिति रहेको थियो भने कार्यक्रमको सहजीकरण सल्यान रुकुम यातायात प्रा.लि.सल्यानका प्रेस सल्लाहकार दिपसागर भण्डारीले गर्नु भएको हो ।

बागचौर देखि काठमाण्डौको लागि प्रत्येक दिन विहान ११: ४५ बजे, खलंगा बाट दिउँसो २:१५ र श्रीनगर बाट दिउँसो ३:१५ बजे गाडी छुटाइने र काठमाण्डौ बाट सल्यानका प्रत्येक दिन बेलुकी ५ बजे गाडी छुटाइने सल्यान रुकुम यातायात प्रा.लि.का अध्यक्ष अरविन्द कुमार राइले बताउनु भयो ।उहाँले बागचौर देखि काठमाण्डौ सम्मको लागि २५ सय १४ रुपैया  एसी भाडा निर्धारण गरिएको बताउनु भयो ।सल्यान रुकुम यातायात प्रा.लि सल्यानले जिल्ला र जिल्ला बाहिरका विभिन्न रुटहरुमा लामा तथा छोटा दुरीका यात्रुबाहक गाडीहरु संचालन गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस