२३ असार २०८२/ सल्यान
सल्यानमा विधुतिकरणलाई तीव्रता दिनका लागि पाँच बुदे सहमति गरिएको छ ।
आइतबार जिल्ला समन्वय समिति सल्यानको आयोजनामा,गरिएको विद्युत विस्तारसम्बन्धी आयोजना कार्यान्वयनको अवस्था मूल्याङ्कन तथा समाधानका उपायहरू बिषयक वैठकले उक्त सम्झौता गरेको हो ।
बैठकले जिल्लाको पूर्ण विद्युतिकरण तथा बाँकी रहेका टोल, बस्ती र वडाहरूमा विद्युत पहुँच विस्तार गर्नको लागि २०८२ कार्तिक २९ गते भित्र काम सम्पन्न गर्नको लागि निर्माण कम्पनी संग सम्झौता गरेको छ ।
वैठकमा भएको सम्झौता अनुसार २०८२ कार्तिक २९ गते भित्र निर्माण कम्पनीले विधुत बिस्तार गरि सक्नु पर्ने,यदि तोकिएको समय सिमा भित्र विधुत विस्तारको काम सम्पन नभए निर्माण कम्पनिलाई म्याद थप नगर्ने बुदामा सहमति गरिएको छ । यस्तै नेपाल विद्युत प्राधिकरण र ठेकेदार कम्पनीको संयुक्त टोली सोमबार देखि कार्यक्षेत्रमा खटिने, स्थानीय तहहरूले आवश्यक सहजीकरण र समन्वय गर्ने,पूर्ण विद्युतीकरणले नसमेटेका शारदा बागचौर,बनगाड कुपिण्डे नगरपालिका र कुमाख, दार्मा,सिद्ध कुमाख, कपुरकोट, छत्रेश्वरी र त्रिवेणी गाउँपालिकाका बस्तीहरूमा कर्णाली प्रदेश विद्युतिकरण आयोजनाको काम तुरुन्त सुरु गर्ने,छत्रेश्वरी र त्रिवेणी गाउँपालिकामा अपूरो रहेको सामुदायिक विद्युतिकरण कार्यलाई नेपाल विद्युत प्राधिकरणले तत्काल सुरु गरी सम्पन्न गर्नेको लागि सम्झौता गरिएको र र पूर्ण तथा सामुदायिक योजना बाहिर रहेका वनगाड कुपिण्डे नगरपालिका र कालिमाटी गाउँपालिकामा पनि विद्युत विस्तारको कार्य तत्काल सुरु गर्न प्राधिकरणलाई निर्देशन दिइएको छ।
२०७८ साल असोजमा महाशक्ति–क्रिस्टल जेभीसंग १३ करोड बराबरको लागतमा गरिएको विद्युतिकरण सम्बन्धी ठेक्का सम्झौताअनुसार १८ महिनाको म्याद सकिएपछि पुन जिल्लाका सरोकारवाला निकायहरुको वैठक बसेर दोस्रो पटक २०८२ कार्तिक २९ गतेसम्म म्याद थप गरिएको हो । उक्त म्यादभित्रै सम्पूर्ण कार्य सम्पन्न गर्न निर्देशन समेत दिइएको छ।
पूर्ण विद्युतिकरण आयोजनाले नछोएका कुमाख, दार्मा, वागचौर, सिद्ध कुमाख, शारदा, कपुरकोट, छत्रेश्वरी र त्रिवेणी गाउँपालिकाका टोल, बस्ती र वडाहरूमा कर्णाली प्रदेश विद्युतिकरण आयोजनाअन्तर्गत कार्य तुरुन्तै सुरु गरिनेछ। काम समयमै सम्पन्न गर्न कार्ययोजना र जिम्मेवारी निर्धारण गरी फिल्डमा जान सम्बन्धित निकायलाई निर्देशन दिइएको छ भने, सम्पादन गरिने कार्यमा सबै स्थानीय तहहरूले आवश्यक सहकार्य तथा सहजीकरण प्रदान गर्ने प्रतिबद्धता जनाएका छन्।
जिल्ला समन्वय समिति सल्यानका प्रमुख वेलाराम रावलले छत्रेश्वरी र त्रिवेणी गाउँपालिकामा अपूरो रहेको सामुदायिक विद्युतिकरणको कार्यलाई नेपाल विद्युत प्राधिकरणले आवश्यक प्रक्रिया अघि वढाएर गर्नुपर्ने निणर्य पनि वैठकले गरेको जानकारी दिनुभयो ।
पूर्ण तथा सामुदायिक विद्युतिकरण आयोजनाबाट बाहिर रहेका वनगाड कुपिण्डे नगरपालिका र कालिमाटी गाउँपालिकाका क्षेत्रहरूमा समेत विद्युत विस्तारको काम नेपाल विद्युत प्राधिकरणले यथाशिघ्र सुरु गर्ने समन्वय प्रमुख रावलले जानकारी दिनु भयो ।
नेपाल विद्युत प्राधिकरण प्रदेश निर्देशनालयका निर्देशक शशीभूषण शाहले तोकिएकै समयमा विद्युतिकरणको कार्य पुरा गर्ने गरी आवश्यक ब्यवस्था मिलाउने प्रतिबद्धता गर्नु भएको छ ।
यस्तै विद्युतिकरणको जीम्मेवारी पाएको महाशक्ति–क्रिस्टल जेभीका प्रतिनिधि लिलबहादुर दर्लामीले थपिएको समयावधिमा कार्य सम्पन्न गर्ने गरी आफुहरु लागेको वताउनुभयो । उहाँले सम्झौता बमोजिम आगामी कार्तिक २९ गते सम्म विद्युतिकरणको कार्यलाई सम्पन्न गर्ने विश्वास व्यक्त गर्नु भयो ।
जिल्ला समन्वय समिति सल्यानका प्रमुख वेलाराम रावलको अध्यक्षतामा बसेको वैठकमा,जिल्ला समन्वय समिति उपप्रमुख असविर बुढाथोकी,वागचौर नगरपालिका नगरप्रमुख जनकराज गौतम, बनगाड कुपिण्डे नगरपालिकाका नगर प्रमुख कर्णबहादुर बुढाथोकी, दार्मागाउँपालिका अध्यक्ष निमवहादुर केसी, कुमाख गाउँपालिका अध्यक्ष मानवहादुर वुढाथोकी, उपाध्यक्ष लालवहादुर रावत, त्रिवेणी गाउँपालिका अध्यक्ष खिमवहादुर रावत, छत्रेश्वरी गाउँपालिका अध्यक्ष ओजवहादुर वुढाथोकी, प्रमुख जिल्ला अ धिकारी नेत्र प्रसाद सुवेदी, नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र सल्यानका प्रमुख दिनेश पौडेल लगाएत सरोकारवाला निकायका प्रमुख एवं प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।