हमाल द्वारा गरिव तथा विपन्न परिवारका बिद्यार्थीका लागि पोशाक हस्तान्तरण

२ जेठ २०८२/ दाङ

नेपाली काङ्ग्रेसका तुलसीपुर नगर सभापति सुरेश हमालले ५० जना बिद्यार्थीको लागि बिधालय पोशाक हस्तान्तरण गर्नु भएको छ ।

आफुले बाल्यअवस्थामा अध्यन गरेको श्री बिरेन्द्र नमुना माध्यामिक बिधालय दंगीशरण गाउँपालिका वडानं.३ हेकुलीमा कक्षा ६ देखि १२ सम्मका गरिव तथा बिपन्न परिवारका ५० जना विद्यार्थी लाई बिधालय पोशाक उपलब्ध गराउनु भएको हो ।

सुरेश हमालले आफ्नो जन्म दिनको अवसरमा सोही बिधालयका विद्यार्थी लाई बिधालय पोशाक दिने घोषण गर्नु भएको थियो ।घोषण अनुसार सोमबार बिधालयमै पुगेर हमालका बुवा टोपबहादुर हमाल र दाजु सुरेन्द्र हमालले बिधालय लाई पोशाक हस्तान्तरण गर्नु भएको हो ।

बिधालय परिवारलाई पोशाक हस्तान्तरण गर्दै सुरेन्द्र हमालले भाइ सुरेश हमाल काम विशेषले जिल्ला बाहिर भएकाले बुवा र आफू लगाएतको टिम पोशाक हस्तान्तरण गर्न बिधालयमा आएको बताउँनु भयो । उहाँले शैक्षिक क्षेत्रमा केही टेवा पुगोस भनेर भाईले गरेको सकारात्मक कार्यलाई साथ दिदै आफुहरु बिधालयमा आएको बताउँनु भयो ।उहाँले बिधालयमा अध्यन गर्ने आर्थिक रुपमा कम्जोर भएका बिद्यार्थीहरुलाई उक्त बिधालय पोशाक प्रदान गर्दिनुहुन बिधालय परिवारलाई अनुरोध गर्नु भएको थियो ।बिधालय पोशाक हस्तान्तरण गर्दै हमालले उक्त बिधालयका बिद्यार्थीलाई सहयोग गर्न पाउदा आफ्नो स परिवारनै खुसी भएको बताउँनु भयो । हमालले आगामी दिनमा पनि आफ्नो परिवारको तर्फबाट बिधालय परिवारलाई सक्दो सहयोग गर्ने भन्दै बिद्यार्थीहरुलाई मेहनत गरेर पढ्न र खेल क्षेत्रमा समेत सहभागी हुन अनुरोध गर्नु भयो । आफुले अध्यन गरेको बिधालयको हाता भित्र प्रवेस गर्दा छुट्टै अनुभुती भएको भन्दै हमालले सवै भन्दा ठूलो धन शिक्षा भएकाले गुणस्तरीय शिक्षाको लागि सवै लाई एकहुन अनुरोध गर्नु भयो ।

कार्यक्रममा  बोल्ने अन्य वक्ताहरुले सकारात्मक सोचका साथ समाज परिवर्तनको यात्रामा निरन्तर लागि पर्नु भएका सुरेश हमाललाई आगामी दिनमा दाङ जिल्लाको जनप्रतिनिधिको रुपमा देख्ने चाहाना भएको बताउनु भयो ।उहाँहरुले अहिलेको समयमा निष्पक्ष,निष्ठावान,पारदर्शी र जनताप्रति कटिबद्ध नेताको रुपमा हमाललाई हेर्ने गरेको बताउनु भयो । दाङ जिल्लाको समृद्धिको लागि हमालको आवश्यकता रहेको भन्दै कुनै दिन उक्त आवश्यकता पुर्तिहुने समेत बताउनु भयो ।

बिधालय पोसाक हस्तान्तरण कार्यक्रममा बिधालय व्यवस्थापन समितीका अध्यक्ष ओम चौधरी,प्रधानाध्यापक खिमराज खनाल
लायन्स क्लब अफ दाङका अध्यक्ष गोरख वली,परोपकार संघ दाङका अध्यक्ष संजय पराजुली,विधालय व्यवस्थापन समितिका सदस्य गोविन्द आचार्य,समाजसेवी गणेश बस्नेत,खिलत केसी,अर्जुन भट्टराई लगाएको सहभागिता रहेको थियो ।

 

सामाजिक कार्यमा सधै अग्रसर रहने नेपाली काङ्ग्रेसका तुलसीपुर नगर सभापति सुरेश हमाल नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका पुर्व उपमहासचिव तथा हालका सल्लाहकार,नेपाल लोकतान्त्रिक यातायात व्यवसायी संघका केन्द्रिय उपाध्यक्ष र त्रिशिद्वेश्वरी राप्ती यातायात सेवा प्रा.लि. दाङका अध्यक्ष समेत रहनु भएको छ भने उहाँ दर्जन बढी सार्वजनिक संघ संस्थाहरुमा आवद्ध हुनुहुन्छ ।

विधालय पोशाक हस्तान्तरण कार्यक्रमको सहजीकरण दिनेश रेग्मीले गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस