मेलमिलाप कार्यकर्ताको लागि ४८ घण्टे तालीम सम्पन

३० जेष्ठ २०८१/ सल्यान

सल्यानको शारदा नगरपालिका मेलमिलाप कार्यकर्ताहरुको लागि ४८ घण्टे आधारभुत तालीम सम्पन गरिएको छ ।

न्यायिक समितिको कार्यलाई सहजीकरण गर्नका लागि वडा स्तरमै उत्पन्न भएका विवाद, झैझगडा सहज सरल र कम समयमै समाधान गर्ने उद्देश्यका साथ उक्त तालीमको आयोजना गरिएको हो ।

जिल्ला न्याधिस देव कुमार गिरीको प्रमुख आथित्यतामा सम्पन्न भएको उक्त तालीम,जेठ २२ देखि २९ गते सम्म सल्यान खलंगामा संचालन भएको थियो ।मेलमिलाप सम्बन्धि आधारभुत तालिममा नगर भित्रका ३३ जनाको सहभागिता रहेको शारदा नगरपालिका सल्यानले जनाएको छ ।

शारदा नगरपालिकाका नगर प्रमुख प्रकाश भण्डारीको अध्यक्षतामा भएको तालीम समापन कार्यक्रममा नगर उपप्रमुख सुस्मिता सापकोटा,प्रमुख प्रशासकीय अधिकृत ओम प्रकाश देवकोटा लगाएतको उपस्थिति रहेको थियो ।यस्तै तालिम समापन कार्यक्रममा जिल्ला अदालतका स्रेस्तेदादर नारायण प्रसाद चापागाई, प्रमुख प्रशिक्षक नविन घिमिरे,शारदा नगरपालिकाकि कार्यपालिका सदस्य पुष्पा पहाडी, बरिष्ठ आलेप अधिकृत चन्द्र प्रसाद शर्मा, जनस्वास्थ्य अधिकृत बीरेन्द्र हमाल, सहायक पाँचौ दिलमाया राना, अधिकत छैठौं रविन विष्ट लगायतको सहभागीता रहेको थियो ।

तालिमको समापनमा बोल्ने वक्ताहरुले तालीममा सिकेका कुराहरुलाई न्यायीक क्षेत्रमा प्रभावकारी ढंग बाट लागू गर्न आग्रह गर्नु भयो । शारदा नगरपालिकाको आयोजनामा भएको उक्त तालिममा सहभागीहरुलाई प्रमाणपत्र वितरण समेत गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस