जन्म दिनको अवसरमा पुरी द्वारा बिद्यार्थीलाई झोला बितरण

९ जेठ २०८२/ सल्यान

आफ्नो जन्म दिनको अवसरमा बिद्यार्थी नेता फलेन्द्र पुरीले एक बिधालयमा शैक्षिक सामाग्री बितरण गर्नु भएको छ ।

नेपाल विद्यार्थी संघ सल्यानका विद्यार्थी नेता पुरीले आफुले कक्षा ५ सम्म अध्यन गरेको सरस्वती आधारभुत विधालय बागचौर नगरपालिका वडा नं.८ गैरागाउँका बिद्यार्थी हरुलाई स्कुल झोला बितरण गर्नु भएको हो ।

पुरीले जन्म दिनमा गरिने फजुल खर्चलाई व्यवस्थापन गरि, शैक्षिक क्षेत्रको बिकासमा टेवा पुगोस् भन्ने उद्देश्यले,आफुले विद्यार्थीहरुलाई झोला बितरण गरेको पुरीले बताउँनु भएको हो । आफुले दिएको बिधालय झोलाले स साना बालबालिकालाई पढाईमा प्रेरणा जागोस र शुभ कार्यमा गरिने फजुल खर्चलाई सकारात्मक कार्यमा लगाउने बाताबरण तय होस भनेर आफुले विद्यार्थी लाई बिधालय झोला बितरण गरेको बताउँनु भयो ।झोला बितरण कार्यक्रममा शिक्षक तथा विद्यार्थीहरुले जन्मदिनको शुभकामना व्यक्त गर्दै धन्यवाद दिनुभएको थियो ।

आफ्नो जन्मदिनको अवसरमा बिधालयमा शैक्षिक सामाग्री हस्तान्तरण गर्नु भएकोमा बिधालयका पुर्व छात्र पुरिलाई बिधालयका
प्रधानाध्यापक मेहरमान केसीले धन्यवाद दिनु भएको थियो ।धन्यवाद दिदै प्रधानाध्यापक के.सी.ले समाज परिवर्तनको एउटा सकारात्मक कार्यभएको बताउनु भएको थियो ।

कार्यक्रममा विद्यालय व्यवस्थापन समिति अध्यक्ष भाेला प्रसाद गिरी, वडा सदस्य फते बहादुर वस्नेत, समासेवी पूर्व जिल्ला विकास समिति सल्यानका सभापति भरत पुरी, शिक्षक तथा विद्यार्थीहरुको उपस्थितीमा रहेको थियो ।

प्रतिक्रिया दिनुहोस