शारदा नदिमा आएको बाढीले पुर्‍यायो ५० लाख बढिको क्षति

२१ वैशाख २०८२/ सल्यान

सल्यानको शारदा नदिमा आएको बाढीले ५० लाख बढिको क्षति गरेको छ ।

आइतबार दिउँसो आएको बाढीले शारदा नदिमा बन्दै गरेको पुलमा क्षति पुर्‍याएको हो ।

बागचौर नगरपालिका वडानं.२ र ८ हुँदै पातिहाल्न जोड्ने शारदा नदिको जंगारमा बन्दै गरेको पक्की पुललाई क्षति पुर्याएको हो ।

शारदा नदिमा आएको बाढीले पुल निर्माणको लागि प्रयोगमा ल्याइएका मिक्चर,पम्पसेट,सिमेन्ट लगाएतका सामाग्रीहरुमा क्षति पुर्‍याएको प्राकृतिक निशान जे भि कम्पनीका संचालक डिल्ली प्रकाश केसीले बताउनु भएको छ ।केसीका अनुसार निर्माण फर्महरु गिठि, बालुवा , २३ टन बराबर सरिया , हाेमपाईप , स्काभेटर बकेट लगाएत ५० लाख बराबरको निर्माण सामाग्रीहरुमा पुर्ण रुपले क्षति भएको बताउँनु भयो ।

यस्तै बारिले १ घट्टमा,बागचौर लिप्ट खानेपानीको ट्यान्की,पाइप लगाएत चार वटा खेतमा लगाएको गहुँ र तरकारीमा समेत क्षति गरेको स्थानीयको भनाइ रहेको छ ।

प्रतिक्रिया दिनुहोस